होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा जीप दुर्घटना, चालक घाइते
समाचार

बाजुरामा जीप दुर्घटना, चालक घाइते

  • नागरिक रैबार
बाजुरामा जीप दुर्घटना, चालक घाइते
file photo

नागरिक रैबार/बाजुरा १४ फागुन।बाजुरामा जीप दुर्घटना भएको छ । आइतबार साँझ जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री स्थित कर्णाली राजमार्गमा जुड्डीबाट सिलाइ कटाइका मेसिनहरु लिएर तल्लोकाप्री तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ज १३३१ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जीप दुर्घटना हुँदा स्वामीकार्तिक खापर गाउँपालिका ३ बस्ने वर्ष २३ का जीप चालक देव बिक घाईते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिप ब्याक गर्ने क्रममा सडक बाट २० मिटर तल खसेको र चालक सामान्य घाइते भएका छन ।

अहिले घटना स्थलमा प्रहरी सहायक निरिक्षक टेक खड्काको कमाण्डमा ४ जनाको टोली खटिएको छ । जीपमा चालक बाहेक अन्य सवारी नभएको प्रहरीको भनाई छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार