होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा कृषि पत्रकार महासंघ गठन, अध्यक्षमा नेपाली
Breaking News

बाजुरामा कृषि पत्रकार महासंघ गठन, अध्यक्षमा नेपाली

  • नागरिक रैबार
बाजुरामा कृषि पत्रकार महासंघ गठन, अध्यक्षमा नेपाली

नागरिक रैबार/बाजुरा १४ फागुन। बाजुरामा कृषि पत्रकार महासंघ गठन गरिएको छ । अध्यक्षमा सरिता नेपाली रहने गरी १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।  कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा बाजुरामा जिल्ला भेला तथा शाखा विस्तार कार्यक्रमको गरिएको थियो ।

भेला तथा शाखा विस्तार कार्यक्रमबाट जसमा उपाध्यक्षमा हेमराज उपाध्याय, कोषाध्यक्षमा कमला रावल,सचिवमा मिन बहादुर खड्का,सह सचिवमा युवराज बडुवाल,सदस्यमा गोपिन्द्र तिमिलसेना,टेक बहादुर बुढा लगाएत १३ सदस्यीय कार्यसमिति गठन गरेको कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हिमेश विकले बताएका छन् ।

बाजुराका कृषकहरुका गुनासा सम्बन्धित ठाउँमा पुगाउन र बाजुरामा कृषि क्षेत्रमा विनियोजित बजेट कसरि परिचालन भई रहेको छ,उक्त बजेट बाजुराका बास्तविक किसानहरुका लागि प्रयोग भइरहेको छ कि छैन भनेर कलम चलाउनका लागि बाजुरामा कार्यसमिति विस्तार गरेको प्रदेश समितिका सचिव तेज बहादुर बोहराले बताएका छन् ।

विज्ञापन

कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हिमेश विकको अध्यक्षतामा शाखा विस्तार गरिएको कार्यकम्रमा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए भने कार्यक्रमको संचालन प्रदेश समितिका सचिव तेज बोहराले गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार