होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नन्दा थापा/भदौ ८, बाजुरा ।न्यायिक समितिका पदाधिकारी र प्रहरीलाई लैङ्गिक हिसां र कानुनी प्रक्रिया सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्रहरी र न्यायिक समितिका सदस्यलाई लैङ्गिक र कानुनी प्रावधान बारेमा अभिमुखिकरण गरिएको हो । लैङ्गिक हिसां न्युनिकरणको लागि बहु क्षेत्र समन्वय र साझेदारीका क्षेत्रहरु पत्ता लगाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जपाईगोका जोना भट्टराई […]
राजेन्द्र बिक/बाजुरा ८ भदौ। बडीमालिका नगरपालिका वडा न.५ स्थित रुघाखोचा बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । जडाङ्गा देखि मना सम्म जाने सडक जथाभावि तरिकाले कटान गरेपछि उक्त बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो । बस्ती माथिबाट बडीमालिका नगरपालिकाले सडक कटान गरेपछि उक्त बस्तीमा बसोबास गर्ने स्थानीयहरुलाई ज्यान जोगाउन समस्या उत्पन्न भएको छ । भिरालो […]
नागरिक रैबार/बाजुरा ७ भदौ। जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ जिल्ली निवासी कृष्ण नेपालीकि २१ वर्षिया श्रीमति बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ […]
नागरिक रैबार/बाजुरा ६ भदौ। बाजुराको त्रिवेणी नगरपालिकामा रहेको प्रशिद्ध धार्मिक स्थल नाटेश्वरी मन्दिरमा ८० लाख बराबरको लगानिमा अतिथि गृह निर्माण गरिने भएको छ । मन्दिरमा पुजा तथा भ्रमणका लागि आउने श्रदालु भक्तजन र पर्यटकको सुविधालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले उक्त मन्दिरमा अतिथी गृह निर्माण गर्न लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा […]
नागरिक रैबार/बाजुरा ६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुको सक्रियतामा बरामत गरिएको अवैध घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडी बजारका विभिन्न होटल तथा पसलहरुबाट बरामत गरेको अबैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिषरमा शुक्रबार महिला र प्रहरीको रोहबरमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले चलाएको मदिरा नियन्त्रण अभियानलाई सहयोग […]
रमित विक/बाजुरा ५ भदाै। बडीमालिका नगरपालिकाका ५ जना वडा अध्यक्षले सामुहीक राजीनामा पेश गरेका छन् । बहुमतको दम्भ देखाएर विधि विपरित एकलौटी निर्णय निर्णय र समितिका सदस्यलाई समेत जानकारी नदिई मानेमानी गर्ने क्रम नरोकिएकोले पाँच जनाले सामुहीक रुपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरि नेकपाबाट जितेका पाँच जना वडा […]
नागरिक रैबार/बाजुरा ५ भदौ । बाजुराको बडीमालिका नगरपालिकाका सूचना अधिकारी हेम थापाले नगरपालिकाबाट नियमित तलव पाएको भएपनि नगरपालिकाले पद अनुसार आफुलाई कुनैपनि सूचना प्रदान नगरेको बताएका छन् । नगरपालिका भित्रका कुनै पनि सूचनाहरु आफु सूचना अधिकारी भएपनि आफुलाई कार्यालयले कुनै पनि सार्वजनिक सूचनाहरुको बारेमा जानकारी नगराउँदा समस्या भईरहेको गुनासो गरेका छन् । नगरपालिकामा हुने विभिन्न […]
नागरिक रैबार/ बाजुरा ५ भदौ। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जातीय विभेदकाे गरेकाे आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । हिमाली गाउँपालिकाको वडा नं. ६ धिममा भदौ २ गते लागेको खौं मेला हेरेर दलित अधिकारकर्मी गोरखबहादुर शार्की र उनकी श्रीमति आप्सरी ऐडी शार्की राति आफ्नाे घरमा सुतिरहेको बेला हिमाली गाउँपालिका अध्यक्ष मल्लका छोरा र भतिजाले […]
कृष्ण ओली/बाजुरा ४ भदौ । कार्यालय परिसरबाटै बजारबाट आउने ढलको पानी बग्ने गर्छ । बर्षादको पानीसहीत होटल पसलबाट फालिएका फोहर समेत ढलमै मिसिएर बग्ने गर्छ । जसका कारण कार्यालय परिसर नै दुर्गन्धीत मात्र छैन्, कार्यालय अगाडिको पर्खाल समेत भत्किने अवस्थामा पुगेको छ । तर पनि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा चुपचाप सहन […]
नागरिक रैबार/बाजुरा २ भदौ । बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका वडा ७ स्थित लक्ष्मी माद्यामिक विद्यालयमा शौचालयको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । वि.स.२०३७ सालमा स्थापना भएको यस विद्यालयमा हालसम्मपनि खानेपानी नियमित हुन नसक्दा विद्यालयमा रहेका शौचालयहरु विद्यालय दुर्गन्धित बन्दै गएको छ् । विद्यालयमा शौचालयहरु निर्माण गरिएका छन् तर शौचालय प्रयोग गर्ने पानी […]
नागरिक रैबार/बाजुरा २ भदौ । सहयोगी हातहरुको समूह (सहास) नेपालले बाजुरामा २४ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वि.स. २०५३ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहास नेपालले आफ्नो २४ औं वार्षिकोत्सव बाजुरामा पनि भव्यताका साथ मनाएको हो । सहास नेपालले २४ औ बार्षिक उत्सवको अबसरमा बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल […]
रमित विक/भदौ २ बाजुरा । गत साउन ३२ गते राती परेको अबिरल बर्षाका कारण अवरुद्ध साँफे मार्तडी सडक पुनः सुचारु भएको छ । साँफे मार्तडी सडकखण्ड अन्र्तगत पर्ने थुवाकाँधमा सडक माथिबाट पहिरो संगै ढलेको सल्लाको रुखलाई पन्छ्याएपछि सडक नियमित सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको नेतृत्वमा पहिरो संगै […]
रमित वि.क./भदाै १ बाजुरा । महिनावारी र सुत्केरी महिलाहरुलाई दुधदही नदिने प्रचलन कायमै रहेको पाईएको छ । सामान्य अवस्था भन्दा महिनावारी र सुत्केरी भएको बेला महिलालाई बढी पोषिलो खाद्य वस्तुको आवश्यकता पर्ने गर्दछ । तर रुढीबादी परम्परा र अन्ध विश्वासका कारण बाजुराका अधिकाँस समाजमा अहिलेपनि महिलाहरुलाई दुधदही जस्ता पोशिलो खानेकुराबाट बन्चित गरिदै आएको बडिमालिका नगपालिका–७ […]
नागरिक रैबार बाजुरा ३१ साउन बडीमालिका नगरपालिका वडा नंं ८ स्थित राप्कबाट नगदसहित ५ जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेकाे छ । विहिबार सांझ काेठामा नखद सहित जुवा खेलिरहेकाे अबस्थामा प्रहरीले ५ जना जुवाडे पक्राउ गरेको हाे । जुवा खेलिरहेकाे ठाउँबाट प्रहरीले ३४ हजार १३ रुपैया नगदसहित ५ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले […]
नागरिक रैबार/बाजुरा ३१ साउन। बडीमालिका नगरपालिकाले आर्थिक बर्ष २०७५/०७५ को पहिलो समिक्षा पत्रकाहरुसँग गरेको छ । नगरपालिकाले शुक्रबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम कार्य समितिका पदाधिकारीहरुसँग गरेको हो । नगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र कार्यन्वयन गरेको बजेट प्राप्त उपलब्धीका बारेमा छलफल तथा समिक्षा गरिएको छ । नेपाल पत्रकार महाँसँघ प्रदेश कार्यसमितिका पदाधिकारीहरु जनै […]
धर्मराज सुनार/ बाजुरा बाजुरा ३० साउन । स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं. १ मा बुधवार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा लाखौंको क्षती भएको छ । अविरल बर्षा संगै आएको पहिरोले वडा नं. १ का दर्जनौं बस्तिमा क्षेति पुगाएको छ । स्वामिकार्तिक खापर गाउपालिका वडा नं १ मा पर्र्ने जोरु, खुईकोट, मानाकोटी, रुढी, बर्कु, […]
नागरिक रैबार /बाजुरा २९ साउन। नागरिक रैबारका समाचार संयोजक पत्रकार प्रमित विकलाई पृति शोक परेको छ । पत्रकार विकका बुवा तुला लवारको बुधबार दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीमा आफ्नै घरमा असामयिक निधन भएको हो । कामको शिलसिलामा पत्रकार विकका बुवा तुला लवार भारतमा बस्दै आएका थिए । उनलाई […]
नागरिक रैबार/बाजुरा २७ साउन। जयमालिका यातायात प्रालि बाजुराले भोलि २८ गतेदेखी अनिश्चित कालका लागि यातायात सेवा बन्द गर्ने भएको छ । जयमालिका यातायात प्रालिको साउन २४ गतेका दिन सदरमुकाम मार्तडीबाट छुटेको ना ७ ख ५८७४ नम्बरको बसका सह–चालक धिरज जाग्रीमाथि बसमा सवार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक देवसिंह कार्कीले मदिरा सेवन गरेर विनाकारण […]
प्रमित विक/बाजुरा २७ साउन। व्यापार–व्यवसाय गरौ भने लगानि गर्न पैसा छैन् । विहान बेलुका छाक टार्न धौ–धौ छ उमेरले ६० पुगिसकेका गौमुल गाउँपालिका –६ बाम्नीका गगने ल्वारको गुनासो छ । उनी परम्परागत आरन पेशाबाटै जीवन निर्वाह गर्छन् । विहान देखि फलामसंगं फौठेजोरी गर्दै उनको दिनचर्या यसैमा वित्ने गरेको छ । उनको यो मेहनतले फलामबाट भाडाकुडा […]
नागरिक रैबार/बाजुरा २६ साउन। बाजुरामा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाईने भएको छ । बडीमालिका नगर स्तरीय युवा संजालको आयोजनामा भोली श्रावण २७ गते उक्त दिवस बाजुरामा पनि भव्य रुपमा मनाईने भएको हो । शिक्षामा रुपान्तरण उद्यमशिलता र नवपरिवर्तन भन्ने मुल नाराका २० औं अन्तर्राष्ट्रिय युवा दिवस बाजुरामा पनि भव्यताका साथ मनाउने निर्णय गरिएकोे बडीमालिका […]