होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • समाज सेवा दिवसमा रगत दिएर ज्यान बचाउनेलाई सम्मान
Breaking News

समाज सेवा दिवसमा रगत दिएर ज्यान बचाउनेलाई सम्मान

  • नागरिक रैबार
समाज सेवा दिवसमा रगत दिएर ज्यान बचाउनेलाई सम्मान
प्रशंसा प्रत्र प्रदान गरिदै । तस्बिर : प्रमित बि क

नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको बडीमालिका नगरपालिका र गिफ्ट बाजुराको आयोजनामा ४० औँ सामाजिक दिवस बाजुरामा पनि मनाएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा विभिन्न समयमा आएका शक्त विरामीहरुलाई बचाउन रगतदान गर्ने समाजसेवी व्यक्तिहरुलाई नगरपालिकाले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको हो ।
बडीमालिका नगरपालिका नगर उप–प्रमुख कबिता बिष्टको अधक्ष्यतामा संञ्चालन गरिएका कार्यत्र्mमा समाज सेवा एउटा विशुद्ध सेवामुलक काम हो ।

जिल्ला अस्पतालमा आएका विरामीहरुलाई रक्तदान गरि नव जिवन दिने जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट, उपचारसंगै रगत दिएर ज्यान बचाउने जिल्ला अस्पताल बाजुराका डा.टिका राई,्र पीडितका पक्षमा कलम चलाउनुका साथै आवश्यक पर्दा रगत दिएर विरामीको उद्दार गर्ने नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बि.क र नेपाल प्रेस युनियनका अध्यक्ष प्रेम रौले,लगायतलाई प्रशंसा प्रत्र प्रदान गरी सम्मान गरेको थियो । सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट भन्ने मुल नाराका साथ मनाएको दिवसको अवसरमा जिल्ला

विज्ञापन

अस्पताल बाजुरामा रहेका ७ जना बिरामीहरुलाई समेत फलफुल वितरण गरिएको थियो ।
समाज सेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिनलाई मानेर दिवस मनाउन थालिएको हो ।

समाज सेवाको क्षेत्रमा कार्यरत बिभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएका सरकारी संयन्त्र समाज कल्याण परिषद्ले बिभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितीमा असोज ६ गते देशभर समाज सेवा दिवस मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार