होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाको ३ नं वडा कार्यालयमा आगजनि
जगन्नाथ

जगन्नाथ गाउँपालिकाको ३ नं वडा कार्यालयमा आगजनि

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिकाको ३ नं वडा कार्यालयमा आगजनि
फाइल फोटो

नागरिक रैबार/बाजुरा २ असोज। वडा कार्यालयमा आगजनि गरिएको छ ।  जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ३ मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि गरिएको हाे ।

राति करिव साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं ३ का अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिए ।

स्थानिय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको वडाध्यक्ष शाहीले बताए । गाउँमा मेला लागेकाले सवै घरका सदस्यहरु पनि मेला हेर्न गएको मौका छोपी आगजनि गरेको हो । आगजनि गर्ने काे हो भन्ने कुरा थाहा पाउन नसकिएको उनले बताएका छन् ।

विज्ञापन

आगजनि पछि कागजपत्रहरु जलेका छन भने कम्प्युटर लगायतका इलेक्टोनिक सामान समेत नष्ट भएका छन । घटनाको बारेमा अनुसन्धान गर्न अस्थाई प्रहरी पोष्ट जुड्डीबाट घटना स्थल तर्फ प्रहरी पठाईको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । सो स्थानमा टेलिफोन सेवा समेत नहुदा सुरक्षा निकाय र अन्य ठाउँमा समयमै खवर गर्न नसकिएको वडाध्यक्ष शाहीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार