होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा उद्यमि युवा सम्मेलन–विविध कार्यक्रम गरी मनाईने
समाचार

बाजुरामा उद्यमि युवा सम्मेलन–विविध कार्यक्रम गरी मनाईने

युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ

  • नागरिक रैबार
बाजुरामा उद्यमि युवा सम्मेलन–विविध कार्यक्रम गरी मनाईने

खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ ।

आफ्नै ठाउँमा रोजगार छैन् भन्ने युवाको मानषिकलाई घरमै बसेर आफै कसरी रोजगारको सिर्जना गर्ने भन्ने विषयमा युवालई विभिन्न सचेतामुलक कार्यक्रम गरिने, शुक्रबार प्रत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । युवाहरुले हिम्मत नहारी बिभिन्न प्रकारका उद्यमशिलताका क्रियाकलाप संलग्न हुनुपर्ने भन्दै त्यस्ता स्थानीय युवाहरुले आफैले श्रोतको खोजी कसरी गर्न भन्ने उक्त कार्यक्रमबाट जानकारी गराइने भएको छ । नगर उप–प्रमुख कबिता विष्टको अध्यक्षतामा संञ्चालन गरीएको प्रत्रकार सम्मेलनमा उद्यमि युवा सम्मेलनको तयारीका लागी प्रचार–प्रसार कसरी गर्ने तथा कार्यक्रमका बारेका थप सुझाब सल्लाहका मागेको थियो ।

विज्ञापन

आयाेजक बडीमालिका नगरपालिकाको र सहयोग  पीसविन बाजुरा ,मनकामना टेडिङ्ग सेन्टरले संन्चालन गरिने उक्त कार्यक्रममा ८ गते बुधबार युवाहरुले मार्केटिङ्ग कसरी गर्ने भन्ने विषयमा युवाहरुलाई प्रशिक्षण गराइने, र यसको बजरा कसरी लिने युवाको भविष्य कस्तो हुने भन्ने विषयमा टेडिङ्गका लागी कैलाली उद्योगका धनबहादुर बुढा, नारी चाउमिन उद्योगका दिपक राजले प्रशिक्षण गराउने बताएको छ ।

पढेर मात्र रोजगार गर्ने भन्ने गलत प्रर्विधि संस्कारलाई पढेर नै उद्यमशिलता बन्नु पर्छ भन्ने युवालाई जोस जागर मिलोस भन्नको लागी छलफल गरिने तथा युवाका समस्या र सम्भावना के छन् । उत्पादन भएका चिजहरुलाई मार्केटिङ्ग कसरी गर्ने बजार सम्म कसरी पुर्याउने भन्ने विषयमा व्यापक छलफल गरीने आयोजकले जानकारी गराएको हो ।
प्रशिक्षणमा बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिवेबेणी नगरपालिकाका उद्यमि युवाहरुलाई सहभागिता गराईन भएको छ ।
९ गते साँस्कृति कार्यक्रम गरिने
सोही अवसरमा ९ गते विहीबार साँस्कृति कार्यक्रम गरिने भएको छ । कार्यक्रमा राष्ट्रिय कलाकार, कमल गाउँले, सोभा थापा, प्रकाश थापा, र स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने भएको छ ।

साँस्कृति कार्यक्रमको जिम्मा राष्ट्रिय लोकगीत प्रतिष्ठान बाजुरालाई दिएको बताईएको छ । कार्यक्रममा स्थानीयले उद्यमिले उत्पादन गरेका स्टल अवलोकन पनि रहने छ । उत्पादन गरेका चिजहरुलाई मार्केटिङ्ग सम्म पुर्याउनको लागी सहज होस भन्नको लागी उक्त कार्यक्रमको आयोजना गरीएको आयोजकले जानाएको छ । लागी उक्त कार्यक्रमको आयोजना गरीएको आयोजकले जानाएको छ । कार्यक्रम मालिका मा.विको प्राङ्गण हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार