होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कक्षा ९ का विद्यार्थी विप्लव भनि समातिए पछि…
बाजुरा बिशेष

कक्षा ९ का विद्यार्थी विप्लव भनि समातिए पछि…

  • नागरिक रैबार
कक्षा ९ का विद्यार्थी विप्लव भनि समातिए पछि…
लाल शाहीका अनुसार, प्रेस विज्ञप्ती जिल्ला प्रहरी कार्यालयले तयार पारेको

नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् ।

बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले आफ्नै भाइसित घरमा भेटेका लाल बहादुर शाहीलाई मिलन शाही चिन्छौ ? कहाँ बस्छन्, केही थाहा छ ? भनि सोधपुछ गर्दा सोझो पाराले पहिला मपनि विप्लवमा गएका हुँ भनेपछि प्रहरीले पेटमा बन्दुक तेस्र्यायो । प्रहरीले स्याललाई काल आए गाउँ पस्छ भनेको यहि हो समात् केटा हो भनेर मेरा हातमा हत्घडी लगाई प्रहरीले वडा कार्यालयमा ल्याएको शाहीले बताए ।

बुढीगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्षले यिनीहरु विप्लव होईनन् भनेपछि प्रहरीको टोलीले त्यही छोडे । भोलि बार्जगाड आउँनु भनेपछि अध्यक्षसंग म आए । बार्जुगाडले जिप्रका जाउँ नत्र राम्रो हुँदैन् भनेपछि म जिप्रका आएको हुँ । जिप्रकाले सामान्य सोधपुछ गरि आत्म समर्पणको कागचमा हस्ताक्षर गराई अबदेखि राम्रो काममा लाग्न,ु धेरै पढ्नु, भनेर सोमबार घर फर्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
                               घटना यसो रैछ ।

विज्ञापन

निज शाही आमा र बुबाको राम्ररी मुख देख्न नपाई टुहुरा भएका रहेछन् । त्यसैमा पनि अंकल नातापर्नेको घरमा बसी हुर्की सिगाडा मावि कक्षा ९मा पढी रहेका रहेछन् । अर्को दुखलाग्दो कुरा त के भने फेरि उनी विरामी भईरहने पनि रहेछन् । उनलाई बेलाबेलामा चेकिङ्ग गरारहनुपर्ने भएकाले कहिले सेती अञ्चल अस्पताल कहिले काठमाण्डौँ टिचिङ्ग अस्पताल त कहिले जिल्ला अस्पताल बाजुरामा आई उपचार गराई रहनुपर्ने बाध्यता रैछ । उनका आमा बुबाको मृत्य एचआईभिको संक्रमणका कारण भएको रहेछ । फेरि त्यो कुरा गाउँलेबाट थाहा पाए उनले भने ।

मलाई सोही गाउँका मिलन शाहीले मिति २०७५ साल फागुन ६ गते विप्लव समुहमा आवद्ध गरेका हुन् । मलाई विप्लव भनेको के हो थाहा थिएन् । फालासैनमा साँस्कृतिक कार्यक्रम छ हेर्न जाँऊ भनि घरबाट लिएका हुन, मिलनले । त्यहीबेला अखिल क्रान्तिकारीको बाजुरा जिल्ला कमिटीमा राखेका हुन् । पछि उनीहरुले विभिन्न ठाउँमा चन्दा उठाउँने, बजार बन्द गर्ने जस्ता काममा लगाएपछि मात्र विप्लवको बारेमा अलि जानेको थिए, नत्र केही थाहा थिएन्, विप्लवका बारेमा । त्यो समुहका यस्ता हर्कत देखेपछि मैले उनीहरुले अराएको कुनै कार्य गरिन् । घरफर्की आफ्नो पढाईलाई निरन्तरता दिए ।

यही साउनको अन्तिमतिर म आफ्नो उपचार गराउन भनि धनगढी सेती अञ्चल अस्पतालमा गए । केही दिन आफन्त दाइ नाता पर्ने राजेन्द्र शाहीको घरमा गएर बसे । पछि काठमाण्डौँ टिचिङ्ग अस्पतालमा समेत उपचार गरि हिजो मात्र आफ्नो घर बासुरे फर्केको थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार