होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराका स्याउ प्रदेश र राजधानी लगिदै
समाज

बाजुराका स्याउ प्रदेश र राजधानी लगिदै

  • नागरिक रैबार
बाजुराका स्याउ प्रदेश र राजधानी लगिदै
बजार सम्म ल्याउनका लागी केरेटमा जम्मा गरिदै स्याउ । तस्बिर : कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशी

नागरिक रैबार/बाजुरा ६ असोज।  बाजुराको जुकोट र पाण्डुसैनमा फलेका स्याउ पहिलो पटक सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र संघीय राजधानी काठमाण्डौँ लगिएको छ । किसानले बारीमा फलाएका स्याउ बजार नपाई बोटमै कुहिने अबस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएर पहिलो पटक जिल्ला बाहिर स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशीले बताए ।

किसानहरुको समस्यालाई मध्य नजर गर्र्दै कृषि ज्ञान केन्द्र बाजुराले यसपटक ६ सय कुन्टल ढुवानी अनुदान मार्फत स्थानीय तथा बाह्य बजारसम्म पुगाउँन थालेको हो । बारीबाट बजारसम्म ढुवानी गराईदिन विभिन्न सहकारी र संस्थाहरुलाई आवेदन माग गरि छनोट भएका आवेदकहरुलाई किसानका स्याउ ढुवानी गर्न अनुदान दिएको थियो ।

विज्ञापन

पहिलो पटक १० टन स्याउ काठमाडौ र ६ टन धनगढी लगिएको छ । बाँकी बाजुराका स्थानीय बजारहरुमा पु¥याईने भएको छ । जुन सहकारी वा संस्थाले ढुवानी अनुदान पाएको हो त्यसै सहकारी वा संस्थाले नै स्याउ खरिददेखि बिक्री गर्ने ज्ञान केन्द्रले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाबाट ए ग्रेडको प्रतिकेजी २५ रुपैया, बि ग्रेडको २० र सि ग्रेडको १५ रुपैया प्रतिकेजी खरिद गरेको छ । बुढिनन्दा नगरपालिकाको पाण्डुसेनबाट ए ग्रेडको प्रतिकेजी ५५ रुपैया, बि ग्रेडको ५० र सि ग्रेडको ४५ रुपैँया खरिद गरेर ढुवानी भएको छ ।

सदरमुकामदेखि पाण्डुसेन करिब ३१ किलोमिटरको दुरीमा रहेको छ भने स्वामिकार्तिक खापर गाउँपालिकाको जुकोट स्याउ उत्पादन हुने ठाँउ पुग्न मात्र अढाई दिन लाग्ने गरेको छ । यतिबेला सदरमुकाम तथा अन्य स्थानीय बजारमा स्या प्रतिकेजी २ सय भन्दा बढि रहेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

स्याउ टन्न फलेको छ, बजार टाढा छ । बारीमा कुहिने अबस्था थियो, तर अहिले थोरै भएपनि सरकारले ढुवानी अनुदान दिएपछि स्थानीय किसानहरुले खुशी व्यक्त गरेका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाको जुकोटमा मात्र २ सय भन्दा बढि परिवारले स्याउ खेती गरेका छन् । तर, बजार नपाउँदा स्याउ कुहेर खेर जाने समस्या रहेको उनीहरुले दुखेसो पोखे थिए । स्वामीकार्तिक खापर गाउँपालिकाले पनि एक बर्षमा फल्ने स्याउ लगाएको थियो । तर किसानहरुले स्याउको बजार नपाउँदा निकै सास्ती भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीवी शाहीले वताए ।

जिल्लाको उत्तरी क्षेत्रमा यो बर्ष स्याउ उत्पादनमा निकै बृद्धि भएको छ । स्याउको मुख्य भण्डारका रुपमा चिनिदै आएका जिल्लाका पाण्डुसैन्, जुकोट, जगग्ननाथ, कोटिला, जगन्नाथ र कोल्टी लगायतका क्षेत्रमा राम्रोसँग स्याउ फलेका छन् । जती स्याउ फलेपनि सो अनुसारको बजार भने पाउँन नसकेको किसानहरुले दुखेसो पोखेका छन् । हागाँ नै भाच्चिने गरि स्याउको फल लागेको जुकोटका स्थानीयले बताए छन् ।

कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार विभिन्न क्षेत्रका किसानहरुले २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको बताएको छ । बाजुरामा मात्र १ हजार ५० मेट्रिन उत्पादन हुने कृषि प्रचारप्रसार अधिकृत मिन प्रसाद जैशीले बताए । यो बर्ष जिल्लामा स्याउ उत्पादनमा निकै बृद्धि भएको उहाँले जानकारी दिनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार