होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० असोज। जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी जवानले दिएको रगतले जिल्ला अस्पताल बाजुरामा एक महिलाको ज्यान बचेकोे छ । उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा ४ दिन देखि भर्ना भएकि जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई महिला प्रहरी जवान सरस्वति बमले ए पोजेटिभ एक प्वाइन्ट रगत […]
नागरिक रैबार/ बाजुरा ३० असोज। बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ मदिरा सेवन गरेर कोल्टीबजारमा होहल्ला गरिरहेका बुढीनन्दा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नृपराज खत्री सहित ९ जनालाई पक्राउ गरिएको कोल्टीबाट प्रहरी सहायक निरिक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् । […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावत धनगढीबाट पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट वडा अध्यक्ष रावतलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ८८ हजार नगद सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ […]
नागरिक रैबार/बाजुरा २७ असोज। नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले एक विचल्लीमा परेको दीनः दुखिको परिवारका लागि खाद्यन्न सामाग्री सहयोग गरेका छन् । पत्रकार तथा सामाजिक अभियान्ता सिंहले बडीमालिका नगरपालिका वडा नं. ३ रजालिकि दिनः दुखि सुना सार्कीको ४ जनाको परिवारका लागि चामल, दाल, तेल लगायत खाद्यन्न सामाग्री सहयोग गरेका हुन् […]
रामबहादुर वि.क./असोज २७ बाजुरा । सदरमुकाम मार्तडीलाई कमथलो बनाएर बडा दशैं मनाउन घर गएकाहरु यतिवेला सदरमुकाममा फर्किन थालेका छन् । जिल्लाको सदरमुकाम मार्तडीस्थित रहेका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचरी र अन्य सर्वसाधारणहरु यतिवेला सदरमुकाम मार्तडीमा फर्किन थालेका हुन् । मार्तडीस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी र गाउँ–गाउँबाट दशैं मनाएर सर्वसाधारणहरु सदरमुकाम मार्तडी […]
नागरिक रैबार/बाजुरा २७ असोज ।त्रिवेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडको १८ औं वाषिक साधारण सभा मार्तडीमा सूरु भएको छ । उद्योमशिल बानी, उद्योगमा लगानी भन्ने मुल नाराका साथ त्रिवेणी सहकारी १८ औं वार्षिक साधारण सभा मार्तडीमा सूरु भएको हो । उक्त सभाकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्धघाटन गरेका हुन् । […]
रमित विक/बाजुरा २६ असोज। कृर्षि, पर्यटन, कला संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तब्य सम्मको जिम्मा जय मालिका यातायातको अभियान’ भन्ने मुल नाराका साथ खप्तड छेडेदह पर्यटन महोत्सव आजदेखि सूरु भएको छ । छेडेदह तालको संरक्षणमा राज्यको आँखा नपरेका कारण जय मालिका यातायात प्रा.लि.को आयोजना तथा गाउँपालिकाको सह–आयोजनामा उक्त महोत्सव छेडेदह तालमा सञ्चालन गरिएको हो । महोत्सवको […]
नागरिक रैबार/बाजुरा २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौमुल गाउँ कमिटीका सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन् । गौमुल गाउँपालिकाको घटमुनामा आयोजित एक कार्यक्रमका विच गौमुल गाउँ कमिटीका ७५ सदस्यहरुलाई नेकपा बाजुरा जिल्ला कमिटी सचिव भरत बुढाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा गाउँ कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै […]
नागरिक रैबार/ बाजुरा २६ असोज। राष्ट्रिय परीक्षा बोर्डले असोज ७ गते प्रकाशित गरेको कक्षा ११ को परिक्षामा काठमाण्डौं मोडल कलेजबाट बाजुराका खगेन्द्र बोगटी कलेज टप भएका छन् । काठमाण्डाै माेडल कलेजमा अध्ययनरत बाेगटीले कक्षा ११ को परिक्षामा म्यानेजमेन्ट तर्फ ३.६८ जिपिए नतिजा ल्याएर कलेज टप भएका हुन् । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कने […]
नहकुल जोशी/कोल्टी २५ असाेज। नेकपा बुढीनन्दा नगर कमिटीका सदस्यहरुले सफथ ग्रहण गरेका छन् । नेकपा बुढीनन्दाले आयोजना गरेको सपथ ग्रहण तथा सुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा बाजुराका अध्यक्ष कालिवहादुर शाहीले सपथ नगर कमिटीका सदस्यहरुलाइ सपथ खुवाएका हुन् । नेकपा बुढीनन्दाका अध्यक्ष जंगविर रोकाया सहित ८१ जना पदाधिकारीले सपथ लिनुभएको छ । […]
नागरिक रैबार/बाजुरा २५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराको सोधपुज कक्षको इमरजेन्सी १०० नम्बरमा फोन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको १०० नम्वरमा फोन गरि गालि गलोज गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौरका २० वर्षिया नबिन रावतलाई पक्राउ गरेको हो । असोज २० गतेका दिन रावतले […]
सांगीतिक प्रतियोगिता ‘नेपाल लोक स्टार’ बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन्। उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन्। प्रतियोगिताबाट यसअघि नै बाजुराका प्रभुराज पाण्डेय भने बाहिरिसकेका छन्। कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा ध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने […]
भनिन्छ एउटा ढुङ्गाले नदीको धार बदल्न सक्छ त्यस्तै एउटा कुराले तपाईलाई जिवन जिउन बाट बञ्चित गर्न पनि सक्छ । कुरा २०७५ साल पौष २४ गते रातीको हो,त्यो रात कालो रात पनि हो । हुनत यो समाजमा यस्ता थुप्रै घटनाहरु घटिसकेका छन । तर पनि यो घटनाको म एक प्रत्यक्षदर्शी यात्रु भएका कारण म यो यथार्थ […]
नागरिक रैबार/बाजुरा २४ असोज। बाजुरा सदरमुकाम मार्तडीस्थित गैरिबजारको एक पसलबाट एकै रात २ लाख ७० हजार बराबर नगद रुपैयाँ चोरी भएको छ । गैरिबजारमा रहेको रामबहादुर रोकायाको महादेव जनरल स्टोर कपडा पसलबाट नगद रुपैयाँ चोरी भएको हो । असोज २२ गते राति पसलमा कोही नभएको मौका छोपी पसलमा नगद सहित राखिएको बाकसको ताला खोलेर २ […]
नागरिक रैबार/ बाजुरा २४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका प्रस्तावित प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने पाँच जनालाई सम्मानित गरिएको छ । नेपाल प्रहरीको ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रहरीका लागि प्रस्तावित प्रहरी चौकी रिठा, आर्टीचौर र प्रहरी चौकी मौरेको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान […]
नागरिक रैबार/बाजुरा २४ असोज।जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार ६४ औं प्रहरी दिवस मनाएको छ । ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरु एवम् पूर्ब प्रहरी कर्मचारीहरुमा शुभकामना, वीर अमर प्रहरीहरुमा हार्दिक श्रद्धाञ्जली, कर्तव्य पालनाको क्रममा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवस मनाईएको हो । दिवसको अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक उद्धवसिंह […]
नागरिक रैबार/बाजुरा २३ असाेज। खप्तड छेडेदह गाउँपालिका वडा न–७ मा एक बयस्क चितुवा मृत अवस्थामा फेला पारिएको छ । खप्तड छेडेदह गाउँपालिका–७ हारणीखोला सामुदायीक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ । बुधबार दिउँसो स्थानीय गोरु चराउन गएको अबस्थामा चितुवालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा १९ असोज। बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वडा भित्रका गरिब परिवारलाई दशै मनाउन खाद्यन्न सहयोग गरो छन् । वडा अध्यक्ष पाध्यायले दशैंको अवसरमा वडा भित्रका गरिव ३० परिवारलाई खाद्यान्न बितरण गरेका हुन् । गरिव परिवारलाई पाध्यायले दशै मनाउनका लागि खाद्यान्न सामग्री (चामल, दाल, नुन तेल र विस्कुट) बितरण […]
नागरिक रैबार/बाजुरा १६ असोज। अरिङ्गालको टोकाईबाट मार्तडीमा एक बालकको मृत्यु भएको छ भने २ घाइते भएका छन् । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नं. ९ का रामबहादुर थापाका अन्दाजि ५ वर्षिया समिर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विहिबार विहान मार्तडीको घर नजिकैको जगंलमा खेलीरहेको बेला अरिगांलहरु आएर टोकेको बताईएको छ । […]
नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर संगठन कमिटीका सदस्यहरुले विहिबार शपथ ग्रहण गरेका छन् । बुढीगंगा नगरपालिकाको फालासेनमा आयोजित एक कार्यक्रमका विच नगर कमिटीका उपलव्ध सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माननीय लालबहादुर थापाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नगर कमिटीका सदस्यहरुले जनताको जनमतलाई […]