होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • लोकदोहोरी गीत प्रतिष्ठान बाजुराको पाँचौ बैठक मार्तडीमा
मनोरञ्जन

लोकदोहोरी गीत प्रतिष्ठान बाजुराको पाँचौ बैठक मार्तडीमा

  • नागरिक रैबार
लोकदोहोरी गीत प्रतिष्ठान बाजुराको पाँचौ बैठक मार्तडीमा
मनोनित सदस्यहरुलाइ प्रमाण पत्र दिइदै ।

नागरिक रैबार/बाजुरा २ कार्तिक। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको पाँचौ बैठक मार्तडीमा सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष नरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको उक्त बैठकले नजिकिदै गरेको दिपावलीमा देउसी भैलो खेल्ने निर्णय गरेको छ ।

शुभ–दिपावलीको अवसरमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुले जिल्लाको बाम्का बजार, गौमुल गाउँपालिकाको घट्मुना बजार र सदरमुकाम मार्तडी बजारमा देउसी भैलो खेल्ने निर्णय गरेको प्रतिष्ठानका सह–सचिव निशान्त रोकायाले बताएका छन् ।

उनले भने देउसी भैलो खेलेर संकलन भएको रकमले कलाकारहरुको हितकोष स्थापना गर्ने उद्देश्य लिएको छ । साथै प्रतिष्ठानले आगामी पौष महिनामा भुवा पर्वको अवसर पारि देउडा महोत्सव गर्ने जनाएको छ ।

विज्ञापन

प्रतिष्ठानको नयाँ सदस्यमा ४ जना मनोनित

प्रतिष्ठानको पाँचौ वैठकले जिल्ला शाखामा रहेका रिक्त भएका पदहरुमा नयाँ ४ जना सदस्यलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ ।
मनोनित हुने नयाँ सदस्यहरुमा योगेन्द्र साउँद, भुवन रोकाया, मानवहादुर रोकाया र मदन विक.रहेका छन् ।

प्रतिष्ठानको पाँचौ जिल्ला अधिवेनबाट निर्वाचित भएका जिल्ला कार्यसमिति सदस्यहरु हालै सम्पन्न भएको प्रतिष्ठानको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट प्रदेश समितिमा निर्वाचित भएपछि बाजुरा जिल्ला शाखामा उक्त ४ वटा सदस्य पदहरु रिक्त भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार