होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • छेडेदह पर्यटन महोत्सव सुरु, मन्त्री शाहले गरे उद्धघाटन्
Breaking News

छेडेदह पर्यटन महोत्सव सुरु, मन्त्री शाहले गरे उद्धघाटन्

  • नागरिक रैबार
छेडेदह पर्यटन महोत्सव सुरु, मन्त्री शाहले गरे उद्धघाटन्

रमित विक/बाजुरा २६ असोज। कृर्षि, पर्यटन, कला संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तब्य सम्मको जिम्मा जय मालिका यातायातको अभियान’ भन्ने मुल नाराका साथ खप्तड छेडेदह पर्यटन महोत्सव आजदेखि सूरु भएको छ ।

छेडेदह तालको संरक्षणमा राज्यको आँखा नपरेका कारण जय मालिका यातायात प्रा.लि.को आयोजना तथा गाउँपालिकाको सह–आयोजनामा उक्त महोत्सव छेडेदह तालमा सञ्चालन गरिएको हो ।

महोत्सवको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्धघाटन गरेका छन् ।
छेडेदह तालकै छेउमा उद्घाटन भएको महोत्सवमा मन्त्रि शाहले विभिन्न विकास निर्माणका संरचना निर्माणसंगै प्रर्यटकीय क्षेत्रको सम्भावना बोकेका संरचनाको अध्ययन गरी संरक्षणमा सुदूरपश्चिम प्रदेश सरकार दृढ रहेको मन्त्री शाहले बताएका छन् ।

विज्ञापन

Image may contain: 1 person, food

उहाँले प्रयटकीय क्षेत्रको सम्भावना खोजी गरेर प्रचार प्रसार गरी प्रयटकलाई भित्र्याउन सके आर्थिक समृद्धि छेडेदहबाटै सुरु गर्न सकिने मन्त्री शाहको उल्लेख गरेका छन् । मन्त्रि शाहले छेडेदहको तालको संरक्षण, सम्वद्धनको प्रदेश सरकार तयार रहेको समेत बताएका हुन् ।

‘कृर्षि, पर्यटन, कला संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तब्य सम्मको जिम्मा जय मालिका यातायातको अभियान’ भन्ने मुल नाराका साथ असोज २६ गतेबाट सुरु भई कात्तिक १ गते सम्म महोत्सव सञ्चालन हुने भएको छ ।

जिल्लामा स्थानीय स्तरमा रहेका भुवा, चाली, पागल, हुड्केउली, गाथा लगायतका झाँकीहरु प्रस्तुत गरिने भएका छन् । महोत्सवको पहिलो दिन चर्चित गायिका, मोडल एवं उद्घोषक लक्ष्मी आचार्य जनक चदारा लगायतका कलाकारले प्रस्तुती देखाएका थिए । भोली दोस्रो दिन अछामी बड्डो लालबहादुर धामी लगायतका कलाकारले प्रस्तुती देखाउने आयोजक जयमालिका यातायात प्रालिले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार