होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • महिला प्रहरीको रगतले जावा दमाईको ज्यान जोगियो
बाजुरा बिशेष

महिला प्रहरीको रगतले जावा दमाईको ज्यान जोगियो

  • नागरिक रैबार
महिला प्रहरीको रगतले जावा दमाईको ज्यान जोगियो

नागरिक रैबार/बाजुरा ३० असोज। जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी जवानले दिएको रगतले जिल्ला अस्पताल बाजुरामा एक महिलाको ज्यान बचेकोे छ ।

उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा ४ दिन देखि भर्ना भएकि जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई महिला प्रहरी जवान सरस्वति बमले ए पोजेटिभ एक प्वाइन्ट रगत दिएर विरामीको ज्यान जोगिएको जिल्ला अस्पताल श्रोतले बताएको छ ।

जावा दमाई बिगत चार दिन देखी जिल्ला अस्पताल बाजुराको शैयामा रगत अभावमा छट्पटाई रहेकि थिईन । उनलाई उच्च रक्तस्राव निरन्तर भएको थियो उनलाई आवस्यक पर्ने रगत कतै नभेटाएपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी जवान बमले रगत दिएर बचाएकि हुन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी कर्मचारीहरु मध्ये रक्तदान गर्नेमा उनि पहिलो महिला प्रहरी कर्मचारी हुन् । जिल्लामा जुनसुकै बेला रगतको आवश्यकता पर्दा नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीले रगत दिएर विरामीहरुको ज्यान जोगाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार