होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • प्रथम ढम्कने आलु मेला हुँदै
विजनेश

प्रथम ढम्कने आलु मेला हुँदै

१ लाख किलो आलु विक्रि हुने अनुमान

  • नागरिक रैबार
प्रथम ढम्कने आलु मेला हुँदै
फायल फोटो

नागरिक रैबार/बाजुरा ३ कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ७ मा पहिलोपटक आलु मेला लाग्ने भएको छ । ढम्कने कृषि सहकारी संस्थाको आयोजना तथा बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा उक्त मेला हुन लागेको हो ।

स्थानीय कृषकहरुको आलु खेतिको उत्पादकत्वमा वृद्धि तथा व्यवसायीकतामा सहयोग पुगाउने उद्देश्यका प्रथम ढम्कने आलु मेला हुन लागेको हो ।
बाजुराको अर्गानिक स्थानीय आलुको प्रर्वद्धन र बजारीकरण गर्न प्रथम ढम्कने आलु मेलाको आयोजना गरिएको कृषि सहकारी संस्थाका अध्यक्ष नरबहादुर रोकायाले बताएका छन् ।

विज्ञापन

मेलामा १ लाख किलो बराबरको आलु बिक्रि वितरण हुने आयोजकले अनुमान गरेको छ । ढम्कने लगाएतका ठाँउहरूको मुख्य बाली आलु भएकोले त्यहाँ उत्पादित आलुको बजारीकरण तथा प्रवद्धन गर्नुका साथै गाँउमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ ढम्कनेमा आलु मेलाको आयोजना गर्न लागेको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

आलुको पहाडबाट मेला अवधिभर १ लाख किलो आलु सुपथ मुल्यमा विक्रिवितरण गरिने कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन् । मेला कार्तिक २० देखि २२ गते सम्म संचालन हुने भएको छ । मेला ढम्कने कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित आलु प्रदर्शनी आलुका ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुका विभिन्न परिकारहरु, प्रदर्शनी गरिने भएको छ ।

मेलालाई भव्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले बताएको छ । मेलामा १० वटा व्यवसायिक स्टल, कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने व्यवस्था मिलाईएको मेलाका प्रचास प्रसार तथा संचार उप–समिति संयोजक लक्ष्मीराज पाध्यायले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार