होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • छेडेदह पर्यटन महोत्सवको आम्दानी ९५ हजार
खप्तड छेडेदह

छेडेदह पर्यटन महोत्सवको आम्दानी ९५ हजार

  • नागरिक रैबार
छेडेदह पर्यटन महोत्सवको आम्दानी ९५ हजार

नागरिक रैबार/बाजुरा ३ कार्तिक। खप्तड छेडेदह पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । जय मालिका यातायात प्रालिको आयोजनामा गत असोज २६ देखि कार्तिक १ गतेसम्म खप्तड छेडेदह गाउँपालिकाको आर्टिचौरमा महोत्सव सम्पन्न भएको थियो ।

“कृषि पर्यटन कला संस्कृती बाजुराको पहिचान, पर्यटकलाई गन्तब्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको छेडेदह पर्यटन महोत्सवको आम्दानी ९५ हजार एकसय रुपैयाँ भएको छ ।

विज्ञापन

प्रालिका अध्यक्ष प्रेम नाथले आईतबार मार्तडीमा महोत्सवको आम्दानी र खर्च विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

छेडेदहको तालैमा ६ दिनसम्म संचालन भएको महोत्सवमा बाट आयोजकले महोत्सवको अवधिभर महोत्सव अवलोकन गर्न आउने दर्शकहरुबाट २० लाख १ हजार रुपैयाँ आम्दानी भएको र महोत्सवको जम्मा खर्च १९ लाख ५ हजार भएको बताएको छ ।

छेडेदह तालको संरक्षण सम्र्वद्धन र पर्यटन प्रबद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको र यसले समग्र बाजुरा जिल्लाको पर्यटन प्रर्बद्धन र प्रचार–प्रसारमा टेवा पुगेको प्रालिले आशा लिएको छ । पर्यटन महोत्सवमा आउने दर्शकहरुले छेडेदह तालमा र्याप्टिङ्ग गरेका छन् भने महोत्सव अवधिभर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुसंग रमाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार