होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ माघ । जिल्लाकाे गाैमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाैमुल वडा १ दुर्गालि घर भएका अन्दाजि ५३ वर्षका झिर्के राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले बताएका छन् । प्रहरी प्रमुख भट्टराईका अनुसार घटना विहान ९ बजे भएकाे भएपनि प्रहरीलाई दिउसाे १ […]
प्रेम वि क/माघ ८ बाजुरा । बाजुरा जिल्ला अदालतको आधुनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला समन्वय समिति बाजुरा तयार भएको छ । मंगलबार अपरान्ह ४ बजे जिसस बाजुराको सभा हलमा संयोजक नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय औपचारिक बैठकले जिल्ला अदालत बाजुरालाई अत्याधुनिक भवन बनाउन आवश्यक परेको जग्गा उपलब्ध गराउने सहमति सहित नेपाल […]
नागरिक रैबार/बाजुरा ७ माघ। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नै निजि नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाले छैटौ नगर सभाबाट नगर प्रहरी सम्वन्धि कार्यविधि २०७६ लाई अनुमोदन गरेपछि नगरपालिकामा यसै वर्ष भित्र नगर प्रहरी राख्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जानकारी गराएको छ । नगरपालिकाको छैटौं नगर सभाले नगरपालिकाको सामाजिक शान्ति स्थापनाका लागि नगर प्रहरी सम्वन्धि […]
नागरिक रैबार/माघ ६ बाजुरा । म बजारमा कोही कसैलाई भन्दै, हल्ला गर्दै कुनै व्यक्ति विशेषलाई फोन गरेर मैले यो गरे नि उ गरेनी भनेर अनावश्यक उर्फिदिन् । सिरफ कानुन सम्वत काम गर्छु । मलाई राज्यले दिएको निर्देशित काम विना रोकावट गर्न बरु सबैले सहयोग गर्नु पर्छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा सोमबार भएको पत्रकार भेटघाट […]
नागरिक रैबार/बाजुरा ६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराले डेढकिलाे चरेस सहित दुईजनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा बडीमालिका नगरपालिका ३ रजालीका श्याम खड्का र गाैमुल गाउँपालिका १ का देवहादुर राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनिहरू दुवै जनालाई अाईतबार सांझ बडीमालिका नगरपालिका ९ गैरीबजारबाट पक्राउ गरिएकाे प्रहरी निरिक्षक दानबहादुर राेकायाले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ६ माघ। लोक गायक विर्ख एल आरले बाजुराको कर्णाली नदिमा खसेको जीप दुर्घटना सम्वन्धि समसामयिक गीत बनाएर बजारमा ल्याएका छन् । गत पुस १७ गते जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ धु्लाचौरबाट कोल्टीका तर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जीप कालापडा भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको थियो […]
नागरिक रैबार/बाजुरा ५ माघ। जेवि मिडिया प्रालिको आयोजनामा बाजुराको सदरमुकाममा खुला व्याडमिन्टन प्रतियोगीताको आयोजना हुने भएको छ । प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने […]
नागरिक रैबार/बाजुरा ३ माघ। जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्यामा हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेका छन् । त्यस्तै हिउँपहिरोमा परि १४ बाख्रा ब्यपत्ता भएका छन । व्यपत्ता भएका बाख्राहरुको खोजि भईरहेको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका वडा नं ८ का पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन् । विहिबार एक अाैपचारिक कार्यक्रमका विच नेकपा वडीमालिका ८ का पदाधिकारीहरूलाई नेकपाका युवा नेता गगन रावलले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा बडीमालिका नगरपालिका वडा न. ८ का नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार माघ २ कोल्टी बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टी स्थित आयुर्वेद स्वास्थ्य केन्द्र यतिबेला त्यहाँ कार्यरत कर्मचारीको भातभान्सामा परिणत हुँदै गएको छ । कोल्टी क्षेत्रका विरामीहरुको उपचारमा सहजता होस् भन्ने उद्देश्यले निर्मित उक्त आयुर्वेद स्वास्थ्य केन्द्रको भवन कर्मचारीले आफु बस्ने कोठाका रुपमा कब्जा जमाएपछि बिरामीको उपचार गर्नमा समस्या भएको कोल्टी क्षेत्रका सेवाग्राहीले गुनासो गरेका […]
नागरिक रैबार/बाजुरा १ माघ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले जिल्लामै पहिलो पटक त्रिवेणी नगरपालिकामा बन्न लागेको सतङ्ग भवनको सिलानास गर्नुभएको छ । माघे संक्रान्तीको अवसर पारेर बुधबार उक्त भवनको नगरप्रमुख रावलले सिलानास गर्नुभएको हो । त्रिवेणी नगरपालिकाको करिव ७ लाखको लगानीमा निर्माण हुन लागेको उक्त भवन त्रिवेणी नगरपालिका वडा नं. ८ पन्ताली गाउँमा निर्माण […]
नागरिक रैबार/बाजुरा २९ पुस। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको […]
नागरिक रैबार/बाजुरा २८ पुस। बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेका पाँचवटा सार्वजनिक छाउ गोठ भत्काईएका छन् । बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाको नेतृत्वमा गएको टोलीले आईतबार उक्त ठाउँका सार्वजनिक छाउगोठ भत्काएका हुन् । यस अघि रतुडामा ४० देखि ४५ […]
नागरिक रैबार/बाजुरा २७ पुस। क्रियासिल दलित पत्रकार सुदूरपश्चिम प्रदेश समितिको सदस्यमा नागरिक रैबार डटकमका सह–सम्पादक रमित विक चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न भएको सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सिपी लोहिया, कोषाध्यक्षमा रेसु […]
नागरिक रैबार/बाजुरा २७ पुस। नेपाल विद्युत प्राधिकरण अन्तरगतको राष्ट्रिय प्रशारण लाईन सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रका लागि जडान गर्न बडीमालिका नगरपालिकाले आवश्यक पहल गर्ने निर्णय गरेको छ । बडीमालिका नगरपालिकामा आईतबार विहान नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसंग बैठकबाट दरमुकाम मार्तडी लगायत नगरपालिका भित्रका लागि राष्ट्रिय प्रसारण लाईन जडान गरी विद्युत सेवा नियमित र […]
प्रेम बहादुर विक बाजुराको हाल बुढीगंगा नगरपालिकामा पर्ने तत्कालीन कुल्देवमाण्डौँ स्थित टाँटेबाट जिल्ला सदरमुकाम मार्तडी सरेको केही वर्षमै विजुली बलेको हो, साहेद । त्यतिखेर म त सानै थिए होला । मैले सुन्नमा आएको कुरा । त्यो बेला नै हाम्रा गाउँका बाउबाजेले विजुली बाल्न लागि सकेका थिए रे । केहीले झरो बाले होलान् । केहीले निगाली […]
नागरिक रैबार/बाजुरा २५ पुस। राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुराले मालिका माविमा अध्ययनरत टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री बाँडेको छ । बैंकको वित्तिय साक्षरता कार्यक्रम अन्तरगतको बजेट मार्फत मालिका माद्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १२ जना टुहुरा बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको राष्ट्रिय बाणिज्य बैंक शाखा बाजुराका प्रवन्धक टिका राम बुढाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २५ पौष । केन्द्रीय अपराध अनुसन्धान महाशाखा टेकु काठमाण्डाै व्युरो कार्यालयबाट बाजुरा जिल्लामा सरुवा भई आउँनु भएका डिएसपी टंक प्रशाद भट्राईले जिल्लामा कसैको तारो नभई नागरिकको प्यारो भई काम गर्ने बताएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुरामा आयोजित परिचयात्मक कार्यक्रममा सो कुरा डिएसपी भटराईले बताएका हुन् । बाजुरा जिल्लामा प्रवेश भएको दोस्रो […]
राजेन्द्र बिक/बाजुरा २४ पुस । सामाजिक अभियान्ता बिरेनद्र थापाले आफ्नो जन्म दिनको अवसरमा दृष्टिविहिन बालबालिकालाई झोला सहयोग गरेको छ । पछिल्लो समय बिबाह,बर्तबन्ध जन्म दिन लगायतका खुशिले मनाइने दिवसहरु साह्रै तडकभडक का साथ पार्टीप्यालेस ,रेस्टुरेन्ट,बार आदिमा मनाउने परम्परा चलिरहेका बेला सामाजिक अभियन्ता तथा बिश्व शिक्षा नेपाल मुगुका फिल्ड अधिकृत बिरेन्द्र थापाले आफ्नो जन्मदिन छायानाथरारा नगरपालिका […]