होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको फालासेनमा महोत्सव लाग्दै
समाचार

बुढीगंगाको फालासेनमा महोत्सव लाग्दै

  • नागरिक रैबार
बुढीगंगाको फालासेनमा महोत्सव लाग्दै

नागरिक रैबार/बाजुरा ११ माघ । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालासैनमा महोत्सव हुने भएको छ । ‘शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ फालासैनमा महोत्सव गरिने भएको छ ।

शुक्रबार मार्तडीमा पत्रकार सम्मेलन गर्दै आयोजक समृद्ध मौरे बाम्का सहकारीले नेपाल भम्रण बर्षलाई लक्षित गर्दै माघ २० गते देखी फागुन १ गते सम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको थियो ।

समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा हुन लागेको १० दिने महोत्सवको तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत आयोजक संस्थाका अध्यक्ष दिपक साउँदले जानकारी दिएका छन् ।

विज्ञापन

महोत्सवलाई सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका ९ वटै स्थानीय तहले सहयोग गर्ने बताए । महोत्सवले बाजुराको विकास र समृद्धिमा टेवा पुग्ने आशा लिएको छ । महोत्सवमा स्थानीयका विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुत गरिने छन् ।

फालासेनमा १० दिनसम्म लाग्ने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन रमाइलो मेला, अटोमोवाइल प्रर्दशनी र स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले बताएका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार