होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म अनावश्यक उर्फिदीन् कानुन सम्वत काम गर्छु
समाचार

म अनावश्यक उर्फिदीन् कानुन सम्वत काम गर्छु

  • नागरिक रैबार
म अनावश्यक उर्फिदीन् कानुन सम्वत काम गर्छु

नागरिक रैबार/माघ ६ बाजुरा । म बजारमा कोही कसैलाई भन्दै, हल्ला गर्दै कुनै व्यक्ति विशेषलाई फोन गरेर मैले यो गरे नि उ गरेनी भनेर अनावश्यक उर्फिदिन् । सिरफ कानुन सम्वत काम गर्छु । मलाई राज्यले दिएको निर्देशित काम विना रोकावट गर्न बरु सबैले सहयोग गर्नु पर्छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा सोमबार भएको पत्रकार भेटघाट कार्यक्रममा डिएसपी टंकप्रसाद भटराईले सो अभिव्यक्ति दिनु भएको हो । समाजलाई नै कुरुप पार्ने काममा जो लाग्छ त्यसको विरुद्धमा नेपाल प्रहरी जहिले खरोरुपमा उत्रिन्छ । म आएको दिनमा नै भनेको थिए । बाजुराली नागरिकलाई सच्चा कानुनको प्रत्याभूति दिलाउँछु । निरास हुन दिन्न् । प्रहरी छैन् भन्ने पार्दिन् ।

यो ११ दिनको कार्य अवधिमा जिल्लाको विभिन्न ठाउँबाट माधक पदार्थ सेवन गरेर हो हल्ला गर्ने १६ जना पक्राउ गरि आवश्यक कानुनी कार्वाहिको प्रक्रिया अगाडि बढाएका छौं उनले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

विज्ञापन

बाजुरामा बहाल भएको ११ दिनको अवधिमा अवैध ४ सय २४ लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेर संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएका छौँ उनले भने ।

बुढीगंगा नगरपालिकाको टाँटेमा १७ पेटी १० क्वाटर सोफी बरामत गरेको छु । बडीमालिका नगरपालिका वडा नं. ३ का एक जना र गौमुल गापाका १ जनालाई डेढ किलो चरेस सहित पक्राउ गरि लागु औषध सम्बन्धी जिल्ला अदालतमा निज विरुद्ध मुद्दा दायर गराईसकेको छु ।

जिल्ला प्रहरी कार्यालय बाजुराको अगुवाईमा बाजुरालाई नै कुरुप पार्ने छाउपडी प्रथालाई निरुत्साहित पार्न २ सय २३ वटा छाउ गोठ भत्काएको बताएको छ । गौमुलमा ३ डोगडीमा २ कैलाशमाण्डौँ ५ जना वार्जुगाडमा २ लाई मधिरा सेवन गरि हो हल्ला गरेकाले पक्राउ गरि कारबाही गरेका छौँ ।

जिल्लाको माथिल्लो भेगमा त म केही दिनमा जान्छु । तर, सो क्षेत्रमा प्रहरीलाई राम्ररी परिचालन गरिरहेको छु । यहाँको मिडिया, नागरिक समाज, राजनीतिक दल समाजसेवी, आमासमूह लगाएत युवाहरुले सहयोग गरेमा बाजुरामा शान्ति सुरक्षाको हिसावले केही नतिजा मुखी काम गर्न सक्छौँ ।

मौसम चिसो भएसंगै हिमाली क्षेत्रमा चोरी सिकारी बढ्न सक्छ । डाँकाहरु त्यही मौका छोप्न सक्छन् । वर्दिविनाको प्रहरी हर नागरिक हो । सहि सत्य तथ्य सूचना हामीलाई दिनुस् । हामी कानुनी कटघेरामा उभ्याउँछौँ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार