होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँडामा प्रहरी चौकीको स्थापना गरियो
समाचार

काँडामा प्रहरी चौकीको स्थापना गरियो

  • नागरिक रैबार
काँडामा प्रहरी चौकीको स्थापना गरियो

नागरिक रैबार/बाजुरा १० माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको कार्तिक ७ गतेको निर्णय र प्रहरी प्रधान कार्यालयको आदेशानुसार खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् ।

Image may contain: outdoorImage may contain: one or more people, people walking, people standing, crowd and outdoor

खप्तड छेडेदह गाउँपालिकाको साविकको काँडा र जयवागेश्वरीलाई लक्षित गरेर काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी चौकी काँडाका गोपाल बहादुर सिंहको घरमा रहने गरि स्थापना गरिएको र काँडा प्रहरी चौकीमा १ जना असई २ जना हवल्दार र ७ जना सिपाही गरी १० जना प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

प्रहरी चौकीको शुक्रबार बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले विधिवत रुपमा उद्धघाटन् गरेका छन् । गाउँमा प्रहरी चौकीको स्थापना भएपछि काँडाका स्थानीय बासीहरु खुसी भएका छन् । यो प्रहरी चौकीको स्थापनासंगै बाजुरामा अव जिल्ला प्रहरी कार्यालय मातहतका १८ वटा प्रहरी चौकी स्थापना भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार