होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा विजुली र खानेपानी नियमित नभए आन्दोलन गर्ने
राजनीति

बाजुरामा विजुली र खानेपानी नियमित नभए आन्दोलन गर्ने

  • नागरिक रैबार
बाजुरामा विजुली र खानेपानी नियमित नभए आन्दोलन गर्ने
नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाही प्रमुख जिल्ला अधिकारी गगाप्रसाद न्याैपानेलाइ ध्यानाकर्षण पत्र बुझाउँदै ।

नागरिक रैबार/बाजुरा ९ माघ। बाजुरा जिल्लाका विभिन्न सवाल्र र समस्याहरुको समयमै समाधान हुन नसके थप दवाव तथा संर्घषका कार्यक्रम अगाडि बढाइने नागरिक समाज बाजुराले ध्यानाकर्षण मार्फत जनाएको छ ।

जिल्ला भरिका स्वास्थ्य, सडक, शिक्षा, खानेपानी, विजुली लगायतका सवाल तथा समस्याहरुको विषय उठाँउदै नागरिक समाज बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न मन्त्रालय र बाजुरा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका माननीयलाई ध्यानाकर्षण पत्र बुझाएको हाे।

नागरिक समाज बाजुराले विहिबार ८ बुदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई बुझाएको नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले बताएका छन् ।
हर्नुहोस ध्यानाकर्षण पत्र

विज्ञापन

श्री प्रमुख जिल्ला अधिकारी ज्यु ।                                                                                                                                       मिति :– २०७६÷९÷१०
जिल्ला प्रशासन कार्यालय बाजुरा
मार्फत
उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय सिहदरवार काठमाण्डौं
स्वास्थ तथा जनसंख्या मन्त्रालय सिहदरवार काठमाण्डौं
सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगडी कैलाली
श्री माननिय संघिय सांसद लालबहादुर थापा
श्री माननिय मन्त्री प्रकाशबहादुर शाह (आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश)
श्री माननिय प्रदेश सांसद बल्देव रेग्मी
बडीमालिका नगरपालिका मार्तडी बाजुरा
बुढीनन्दा नगरपालिका कोल्टी बाजुरा
नेपाल विद्युत प्राधिकरण

                                                                              बिषय : – ध्यानाकर्षण सम्बन्धमा।
बाजुरा जिल्ला मानव सूचाकंको हिसावमा पुच्छारमा भएको कुरा घाम जस्तै छर्लङ्ग छ । पुछारमा पर्नुको प्रमुख कारण राज्यले विकासका लागि प्रमुख प्राथमिकता नदिनु र उपलव्ध गराएको सेवा र सुविधाको पनि अधिकतम उपयोग हुन नसक्नु नै देखिन्छ । त्यसै माथि नागरीकको सोझोपना र इमान्दारीतालाई गलत बुझाई राखी सेवा प्रदायिक निकाय जिम्मेवार नभएकै कारण उपभोक्ता झन मर्कामा परेको अवस्था छ । उपभोक्ता जे गरेपनि सहन्छन र आफ्नो अधिकारको खोजीगर्ने सार्मथ्य छैन भन्ने कु चेष्टाका कारण बाजुरालीहरु घुन पिसीएझै पिसीएको अवस्था छ । उपभोक्ताको दैनिकी संग जोडिएको प्रमुख सवालबाट पन्छ्याइनु झनै जिम्मेवारपक्षको निन्दनीय विषय देखिन्छ ।

विकासको प्रमुख पूर्वाधारको रुपमा रहेको विजुली, खानेपानी, यातायात जस्ता प्रमुख सवालमा समेत नागरिकहरुले विमुख हुनु परेकोले गम्भीर मानव अधिकार उलंङ्घन भएकाले बाजुराका नागरिकहरुका हक अधिकारको विषयमा निरन्तर वकालत गर्ने सम्पूर्ण व्यक्तिको उपस्थितिमा नागरिक समाजको मिति २०७६ पौष २१ गतेका दिन केही समस्याहरुलाई उठान गरी जिल्लाको बिकासका सवालमा बिभिन्न निर्णय गरि सार्बजनिक हितका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत सम्वन्धीत निकायमा ध्यानकर्षण गर्नु परेकोे छ ।

बाजुराली जनताले पाउने सेवा र सुबिधाका बिषयमा दिन प्रति दिन थप कष्टकर बन्दै गएकोले निम्न बमोजिमका सेवा र सुबिधालाई थप प्रभावकारी र नियमित गर्नका लागि नागरिकको तर्फबाट सम्बन्धीत निकायमा ध्यानाकर्षण गराउने र समयमै समस्याको समाधान हुन नसके थप दवावका कार्यक्रम सार्बजनिकरण गरी नागरिक समाजले सर्घषका कार्यक्रम अगाडि बढाइने व्यहोरा अवगत गराउदछौ ।

१) बिगतलामो समय देखी बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकामा नागरिकले बिधुत सेवाबाट बन्चीत भएको खवरले नागरिक समाजको समेत ध्यानाकर्षण भएको छ । बडिमालिका नगरपालिकामा रहेको त्रिबेणी बचत तथा ऋण सहकारीको मार्फत संचालित बाजुरा साना जलविद्युतलाई तत्काल राष्ट्रिय प्रशारणको लाइन बिस्तार गरि नागरिकलाई उज्यालो दिनुका साथै कोल्टीमा रहेको बिजुली किन लापरबाही तरिकाले चलेको छ यसको जवाफदेहीताको र किन भएको हो? यसको बिषयमा तत्काल छानबिन गरि कोल्टीबासीको बिजुली बाल्ने पाउने अधिकारको सुनिश्चीतताका लागि नागरिक समाजको ध्यानाकर्षण भएकोले सो समस्याको तत्काल समाधान गरि आम नागरिकको मौलिक अधिकारको प्रत्याभुती गराउनका लागि ध्यानाकर्षण गर्न चाहान्छौ ।

२)बाजुरा जिल्लाकै मुटुको रुपमा रहेको सदरमुकाममा रहेका नागरिकहरुले खाने पानी पीउन नपाउनु जस्तो दुखद घटना के हुन सक्छ ? बृहत मार्तडी खानेपानीको नाम राखीएको सो समितिले खानेपानी नियमित नदिदा यहाँका नागरिकले सास्ती खेपेको कुरा सबैलाई अवगत नै छ । बडिमालिका नगरपालिका जिम्वेबार जनप्रतिनिधी समेत रहेका व्यक्तिले खानेपानी मुहानबाट आएको पाईपमा डोजर लगाएर काट्नु जस्तो निन्दनिय काम के हुन सक्छ र ? समयमै खानेपानीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन चाहान्छौ । त्यसै गरि कोल्टी बजारमा रहेको खानेपानी पनि उही कछुवा गतिमा रहेको र सो खानेपानी पनि तत्काल समाधानका उपायहरु खोजी सम्वन्धीत स्थानिय तहले त्यहाँका नागरिकहरुलाई खानेपानीबाट बन्चीत नहुनका लागी यथासिग्र आवश्यक पहल गर्न ध्यानार्कषण गर्न चाहान्छौ ।

३)बाजुरा जिल्ला मानव बिकास सुचाकंको ७७ औँ स्थानमा रहेको सबैलाई अबगत नै छ । बाजुरा जिल्लाको उत्तरी क्षेत्र खडेरी ग्रस्त क्षेत्र हो र त्यहा हरेक बर्ष भोकमरीको चपेटामा त्यहाँका नागरिक पर्दै आएको कुरा अवगत नै छ । त्यस क्षेत्रका नागरिकले हरेक बर्ष चामल बोकेर खानुपर्ने बाध्यता रहेको छ । जिल्लाको सदरमुकाम मार्तडीबाट कोल्टी जाने सडक अन्तरगत पोरखे लेखमा हिमपातका कारण बन्द भएको सडक नखुल्दा बाजुरा जिल्लाको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका साथै छिमेकी जिल्ला हुम्ला र मुगुमा दैनिक उपभोग्यका सामान ढुवानीमा समस्या भएको हुदा सो बाटो तत्तकाल खुलाउन जोडदार माग गर्दछौ ।

४) हरेक ब्यक्तिले बाँच्नका लागि स्वास्थ्य सेवा पाउनु नागरिकको हकहो । जुन अधिकार नेपालको सबिंधानमा मौलिकहकका रुपमा उल्लेख गरिएको छ । बाजुरा जिल्लाको कोल्टी स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय देखी डाक्टर बिहिन बनेको यहालाई अवगत नै छ । नागरिकको स्वास्थ्यको अधिकारको प्रत्याभुती गराउन सो स्वास्थ्य केन्द्र लगायत जिल्ला अन्य स्थानीय तहमा रिक्त रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी वा कर्मचारी ब्यबस्थापन गराउन आबस्यक पहल सम्वन्धीत निकायलाई माग गर्दछौ ।

५)बाजुरा जिल्लाको इकडी गाड देखी हिमाली गाउँपालिको कवाडी सम्म सडकले छोएको छ । सडक सबैको सार्बजिनक हो । सरकारको मातहतमा रहे पनी त्यसको संरक्षण गर्न सबै नागरिकको उत्तीकै भुमिका रहन्छ । सार्बजिनिक जग्गा निजी ब्यक्तीले अतिक्रमण गर्नु, सरकारको आदेश बेगर सार्बजिनक सम्पती चलाउने कुनै नागरिकलाई अधिकार हुदैन । साथैै बाजुरा जिल्लाकै एक मात्र खुला मंच एक बर्ष देखी ठेकेदारहरुले आफ्नो निजी सम्पती जस्तै गरि राखेको कुरा यहाँलाई अवगत नै छ । सदरमुकाममा हुने सार्बजिनक कार्यक्रम हाल सडकमा गर्नुपर्ने बाध्यता रहेको छ । यो खुला मंचमा ठेकेदारहरुले जम्मा गरेको निर्माण साम्रागी तत्काल हटाउन पहल गरिनुका साथै साफेँ मार्तडी सडक अन्तरगत बिभिन्न ठाउँमा सडकलाई छोपेर राखेका घर टहरा र अन्य निर्माण साम्रागी हटाई सडकको मुहारमा नयाँ आयाम ल्याउने काम गरियोस ।

६)बाजुरा जिल्लाका दुर्गम बस्तीका साथै कोल्टी र मार्तडी जस्ता बजारमा समेत पानी आउने वा बादल लाग्ने वित्तिकै टेलीफोन सेवा अवरुद्ध हुने अवस्था छ । नागरिकहरु संचार सेवा बाट बन्चीत हुन परेको अबस्थामा यो बिषयलाई तत्काल समाधान गर्न नागरिक समाज जोडदार माग गर्दछ ।
७)बाजुरा जिल्लाका सबै स्थानीय तहरुमा ठेक्का प्रक्रियामा भ्रष्टाचार मौलाउँदै गएको छ । जिल्लामा निर्माणाधिन सार्बजिनक संरचनाको निर्माण प्रक्रिया र गुणस्थर मापन कसले गर्ने यस बिषयमा नागरिक समाजको ध्यानाकर्षण भएको छ ।

८) सडक बिभागको भखरै सार्बजिनक गरेको मार्तडी साँफे मार्तडी सडक खण्डको भाडादर घटाएको भएपनी जिल्ला प्रशासनमा बसेको सर्बपक्षिय बैठकले केही हेरफेर गरेपनि पुरानै भाडा लिइ यात्रुलाई सास्ती र सडक विभागको निर्णलाई वेवास्था गरेको अवस्था छ । यातायात ब्यबासयीहरुको दादगिरी रोकीएको छैन । जिल्ला प्रशासनमा बसेको प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बसेको बैठकको पनी अबज्ञा गरी भाडा असूली भईरहेकोले नागरिक समाजको ध्यान गएको छ । भाडादर यथासिघ्र्र घटाउनुका साथै जिल्लाको निर्णय भन्दा पनी यातायात बिभागको निर्णय बमोजिम भाडादर कायम गर्न जोडदार मागगर्दछौ ।

नागरिक समाज बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार