होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडी-काेल्टी सडकमा जमेको हिउँ डोजर लगाएर हटाईदै
देश/प्रदेश

मार्तडी-काेल्टी सडकमा जमेको हिउँ डोजर लगाएर हटाईदै

मार्तडी–कोल्टी सडक सूचारु हुने

  • नागरिक रैबार
मार्तडी-काेल्टी  सडकमा जमेको हिउँ डोजर लगाएर हटाईदै

नागरिक रैबार/बाजुरा १० माघ। मार्तडी–कोल्टी सडक विचमा रहेको ढम्कने देखि पोरखे लेख सम्मको सडकमा जमेको हिउँ डोजर लगाएर हटाउने काम भईरहेको छ ।

बडीमालिका नगरपालिका वडा नं. ७ को समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा सडकमा जमेको हिँउलाई डोजर लगाएर हटाउन थालिएको हो ।

बडीमालिका नगरपालिका ७ का स्थानीयहरु र पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरुको दैनिक आवत जावतमा सहजता ल्याउनका लागि बडीमालिका नगरपालिकाले पोरखे लेखसम्मको सडकमा परेको हिउँलाई डोजर लगाएर हटाउन लागिएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

विज्ञापन

बडीमालिका नगरपालिका ७ को ढम्कनेदेखि विहिबारबाट डोजर लगाएर हिँउ हटाउन थालिएको छ । सडकमा जमेको हिउँ हटाएपछि मार्तडी कोल्टीसडक भोलीसम्ममा सूचारु गर्न सकिने बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

पौष महिनाको तेस्रो सातादेखि परेको हिमपातका कारण मार्तडी कोल्टी सडक महिना दिनदेखि अवरुद्ध बनेको थियो । सो सडक खुलाउका लागि सरोकारवाला निकायहरुले व्यवास्ता गरेपछि पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरु मंहगो भाडा तिरेर कोल्टीबाटै हवाई यात्रा गर्न बाध्य बनेका थिए ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार