होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका डिएसपी टंकप्रसाद भट्टराई सम्मानित
बाजुरा बिशेष

बाजुराका डिएसपी टंकप्रसाद भट्टराई सम्मानित

  • नागरिक रैबार
बाजुराका डिएसपी टंकप्रसाद भट्टराई सम्मानित

नागरिक रैबार /बाजुरा ९ माघ। बाजुरामा भर्खैरै आउनु भएका डिएसपी टंकप्रसाद भट्टराईलाई एक कार्यक्रमका विच सम्मानित गरिएको छ ।

विहिबार बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजना र वडा नंम्बर ९ काे समन्वयमा बाल मजदुर र छाउपडी अन्त्यका लागि गरेकाे जनचेतनामुलक कार्यक्रममा डिएसपी भट्टराईलाई सम्मानित गरिएकाे हाे ।

विज्ञापन

बाजुरा जिल्ला प्रवेशकाे दाेस्राे साता नपुग्दै जिल्लामा रहेका विभिन्न आपराधिक कृयाकलापकाे नियन्त्रण , अवैध मदिरा निन्यत्रण, समाजमा कुप्रथाका रूपमा रहेकाे छाउपडी गाेठकाे निर्मुलिकरण लगायतका अभिययानमा डिएसपी भट्टराईले बाजुरा प्रवेश गरेदेखिनै महत्वपुर्ण भुमिका खेलेकाेले उहाँलाई सम्मानित गरिएको बडीमालिका ९ का वडा अध्यक्ष विनाेद कुमार विकले बताएका छन् ।

अहिले बडीमालिका ९ मा छाउपडि गाेठकाे अवस्था शून्य रहेकाे छ । वडामा रहेका छाउपडी महिलाहरूले पछिल्लो समयमा छाउ भएकाे बेला गाई भैंसी दुहुने र परिवारसंगै खाना खाने अवस्थामा पुगेपछि बडीमालिका ९ लाई माघ महिनाभित्रै छाउपडी गाेठमुक्त वडा घाेषणा गरिने वडा अध्यक्ष विकले कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रममा बाेल्दै बाजुराका प्रहरी प्रमुख डिएसपी भट्टराईले कार्यक्रममा सहभागी वडाका धामीझाँक्री, महिला र वालवालिकालाई बाल मजदुर र छाउपडी कुप्रथाकाे बारेमा जनचेतना दिएका थिए ।

उक्त कार्यक्रममा महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाकि विन्दु बडाल, अधिवक्ता तुलाराम जाेशी, सामुदायिक प्रहरी सेवा केन्दका अध्यक्ष काल्चे दमाई लगायत वडाका जनप्रतिनिधि, धामीझाँक्री, वालवालिका, महिला र सराेकारवाला निकायकाे सहभागिता रहेकाे थियाे ।

,

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार