होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • जेवि मिडियाको आयोजनामा व्याडमिन्टन प्रतियोगिता हुँदै
खेलकुद

जेवि मिडियाको आयोजनामा व्याडमिन्टन प्रतियोगिता हुँदै

  • नागरिक रैबार
जेवि मिडियाको आयोजनामा व्याडमिन्टन प्रतियोगिता हुँदै

नागरिक रैबार/बाजुरा ५ माघ। जेवि मिडिया प्रालिको आयोजनामा बाजुराको सदरमुकाममा खुला व्याडमिन्टन प्रतियोगीताको आयोजना हुने भएको छ ।

प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।  वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

व्याडमिन्टन खेलप्रति यहाँका खेलाडीहरुको रुची बढाउन उक्त प्रतियोगिता संचालन गर्न लागिएको जेवि मिडिया प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।

विज्ञापन

जिल्ला खेलुकद विकास समितिको प्राङ्गणमा संचालन हुने उक्त प्रतियोगिताका खेलहरु सोमबार विहानबाट संचालन हुने बताईएको छ । खेलमा प्रथम हुनेलाई २० हजार र द्धित्तिय हुनेलाई १२ हजार बरावरको पुरस्कार राशी उपलव्ध गराउने भएको छ ।

बाजुरामा व्याडमिन्टन खेल प्रति पछिल्लो समयमा युवाहरुको आकर्षण बड्दै गएको पाईन्छ । जेवि मिडियाले संचालन गर्न लागेको उक्त प्रतियोगितामा २० वटा टिम सहभागि भएका छन् ।

पाँच दिन सम्म चल्ने उक्त प्रतियोगितामा प्रथम र द्धित्तिय हुने खेलाडीको टिमलाई माघ १० गते विहान पुरस्कार वितरण गरिने जेवि मिडियाले बताएको छ । जेवि मिडिया बाजुरामा स्थापनाकाल देखि नै आफ्नो आम्दानीको १० प्रतिशत लगानी वर्षेनी रचनात्मक कार्यमा खर्च गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार