होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ । गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
बाजुरा १ असार। हिमाली गाउँपालिका– ५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
नागरिक रैबार/बाजुरा २६ जेठ। दलित अधिकारकर्मी गोरख बहादुर सार्कीको पहलमा जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक र जगनाथ गाउँपालिकाका २ सय १५ जना मुक्त हलिया परिवारलाई खाद्यन्न वितरण गरिने भएको छ । दलित अधिकारकर्मी सार्कीको पहलमा प्रमोद नेपालको ५० हजार र टिकाराम बरालको १ लाख ८० हजार सहयोगमा उक्त ठाउँका मुक्त हलिया परिवारका लागि खाद्यन्न […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
नहकुल जाेशी/ काेल्टी ९ जेठ। बाजुराको हिमाली गाउँपालिका वडा नं ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेका छन । हिमाली सात वाधुका जसी लुवारकी छोरी विपना लुहार बैसाख तीन गते भिरबाट लडेर सक्क्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी छन । विपना लुवारको […]
रामबहादुर विक/ बाजुरा ३ जेठ।हिमाली गाँउपालिका वडा नं ७ बाधुमा भिरबाट लडेर एक बालिका घाइते भएकी छन् ।घाईते हुनेमा साेही गाउँपालिका वडा नं ७ बाँधु घर भएकी १६ बर्षिया विपना विक रहेकाे जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक एंव सुचना अधिकारी दान बहादुर रोकायाले बताए । विक दिउसो सोही वडाको जंगलमा भैसीलाई घाँस काट्ने क्रममा […]
कमिला शार्की/बाजुरा ३१ बैशाख। हिमालि गाउँपालिकाले राहत धनगढीमा राहत बितरण गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस (काेभिड – १९) बाट प्रभावित भएका बाजुरा जिल्ला हिमाली गाउपालिका स्थायी घर भई विभिन्न कामको सिलसिलामा धनगढीमा रहेकाहरुलाई राहत बितरण गरेको हाे । हिमाली गाउँपालिकाले लक डाउनका कारण अलपत्र आफ्ना नागरिक, बिद्यार्थी, मजदुर गरिव तथा बिपन्न परिवारहरुलाई […]
नागरिक रैकार/बाजुरा २ बैशाख। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका पुर्विउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा ८ लाख ८० हजार बराबरको क्षति भएको छ । अविरल वर्षाकै कारण गाउँपालिकाको वडा नं. ७ का ४ जना बाख्रापालक कृषकका हाउडी लेखको छानामा रहेका १ सय १० बाख्राहरुलाई चुलीगाड खोलाले बगाएको हिमालीको धुलाचौरमा रहेको प्रहरी चौकीले बताएको छ […]
बसन्ती नेपाली/ हिमाली २ बैशाख। काेराेना भाईरस काेभिड १९ काे संक्रमणबाट बच्न हिमाली गाउपालिका वडा नं. ७ मा ३ जना बुद्विजिबि तथा समाज सेविले निःशुुल्क मास्क वितरण गरेका छन् । मंगलबार गाउँका तीन जना काला ढाेलि, एेभान ढाेली र रन्दिप ढाेलीले गाउँमा रहेका स्थानीयहरूलाई राेगकाे संक्रमणबाट जाेगिन सहज हाेस भन्ने उदेश्यका साथ गाउँमा रहेका २ […]
कमिला सार्की/बाजुरा १ बैशाख। हिमाली गाउँपालिका वडा नं. ७ का समाजसेवी दीपचन्द्र उपाध्यायले गाउँका १ सय ७४ परिवारलाई तेल सहयोग गरेका छन् । बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण गर्न सरकारले लकडाउनको समययावधी बढाउँदै गएपछि स्थानीयहरु समस्यामा परेका कारण उनीहरुलाई तेल वितरण गरिएको उपाध्यायले बताएका छन् । सरकारले जारी गरेको लगडाउनका कारण पसल बन्द […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
नागकि रैबार/बाजुरा ९ चैत्र। जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ ।गाउँपालिकाले नोबेल कोरोना भाईरस गाउँपालिकामा फैलिन नदिन र प्रत्येक गाउँवस्तीका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि २७ जना स्वास्थ्यकर्मीहरु भर्ना गरेको हो । जिल्लाकै विकट ठाउँमा रहेको हिमाली गाउँपालिका हुम्ला, मुगु र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो । अन्य […]
नागरिक रैबार/बाजुरा २ चैत्र। चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् । यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
नागरिक रैबार/बाजुरा २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा हिमालीका नेताहरुले हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमालीका नेताहरुले अध्यक्ष मल्लको राजिनामा माग गरेका हुन् […]
बाजुरा २३ फागुन। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेका छन् ।हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन […]
नागरिक रैबार बाजुरा ७ फागुन । बाजुराको हिमाली गाउँपालिका फागुन २५ गते साक्षर घोषणा हुने भएको छ । राष्ट्रिय अभियानलाई सफल पार्न साक्षर वर्ष २०७६ अगावै हिमाली घोषणा गर्ने गरि साक्षर अभियान नै सञ्चालन गरिने गाँउपालिकाले बताएको छ । साक्षर घोषणा जिल्ला समन्वय समितिसँगको छलफल कार्यक्रममा गाउँपालिकाले तथ्याकं संकलनदेखि सूचक अपुग भएका बस्तीमा तत्काल सूचक […]