होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • आर्थिक अभावमा उपचार गर्न समस्या
बाजुरा बिशेष

आर्थिक अभावमा उपचार गर्न समस्या

  • नागरिक रैबार
आर्थिक अभावमा उपचार गर्न समस्या

नहकुल जाेशी/ काेल्टी ९ जेठ। बाजुराको हिमाली गाउँपालिका वडा नं ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेका छन ।

हिमाली सात वाधुका जसी लुवारकी छोरी विपना लुहार बैसाख तीन गते भिरबाट लडेर सक्क्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी छन । विपना लुवारको परीवारले उनको उपचारका लागि समस्या भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन ।

बिपनाका दाई गणेश लुहारले हामीलाई फोन गरी लकडाउनको समय समेत परेको र भिरबाट लडे पछि सख्क्त घाइते अवस्थामा रहेकी बहिनीको उपचारमा समस्या भई रहेको बताउनु भएको छ ।

विज्ञापन

१६ बर्षिया बालिका हिमाली सातको गुइपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट लडेपछि एउटा खुट्टा भाँचिनुका साथै अन्य गम्भीर चोट लागेको पारिवारीक स्रोतले जनाएको छ ।

भिरबाट विपना लडेपछि गाडी रिर्जव गरेर काठमाण्डौ पु¥याएको हाल उपचार गर्ने पैसा अभावका कारण उपचारमा निकै समस्या भै रहेको गणेश लुहारको भनाई छ । उनले उपचार गर्नका लागि स्थानिय सरकार, अन्य सरकारी तथा गैर सरकारी संघ संस्थालाई समेत आग्रह गरेका हुन ।

यता हिमाली गाउँपालिकाले उपचार गरेर फर्किए पछि उहाँको उपचार खर्चमा केहि रकम सहयोग गर्ने निती लिएको गाउपालिकाका प्रवक्ता रमेश विकले बताउनुभयो । उहाँले उपचार गरेर फर्किए पछि विल अनुसार राहतको ब्यवस्था गर्ने निती गाउपािलकाले लिएको र हाल सम्म बढीमा २० हजार सम्म सहयोग गर्ने गरिएको बताउनुभयो ।

दलित तथा विपन्न परीवारको अवस्था हेरी थप सहयोग गर्न पनि सकिने प्रवक्ता विकले बताउनुभएको छ । वालिका हाल बाजुराकाे बुढीनन्दा नगरपालिका १ भारतिकाैसाडि माविमा कक्षा १० पढ्छिन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार