होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • स्थानीय तहलाई क्वारिन्टाइनको खर्च धान्न सकस
त्रिवेणी

स्थानीय तहलाई क्वारिन्टाइनको खर्च धान्न सकस

  • नागरिक रैबार
स्थानीय तहलाई क्वारिन्टाइनको खर्च धान्न सकस

राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ ।

अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च धान्न सकस भैरहेको छ ।

पालिकामा दिनानु दिन देश तथा जिल्ला बाहीबाट आउने क्रम नरोकिनुले स्थानी तहलाई क्वारेन्टाईन ब्यवस्थापन क्वारेन्टाईनको खाना खर्च धान्न समस्या भइरहेको छ । जिल्लाको हिमाली गाउपालिकामा प्रदेश सरकार बाट आएको क्वारेन्टाईन ब्यवस्थापनको लागी तिन लाख र आठ लाख पचास हजार अन्य खर्चको लागी पठाएको एघार लाख पचास हजार रकम सबै सकिएको गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभएको छ ।

विज्ञापन

अध्यक्ष मल्लका अनुसार प्रदेश सरकार बाट आएको एघार लाख पचास हजार र गापालिकाको ६४ लाख गरी ७५ लाख ५० हजार खर्च भईसकेको बताउनुभयो । पालिकामा अहिले संघ सरकारबाट रकम नआएको र प्रदेश सरकारबाट आएको रकमले खर्च धान्न नसकिने स्थिती आएको हो ।

गाउपालिकामा अहिले तिन सय जना देश तथा जिल्ला बाहिरबाट आएकालाई राखिएको बताउनुभयो । तिन सयमा ६३ जना भारतबाट आएका र २३७ जना देशकै बिभिन्न जिल्लाबाट गाउपालिकामा पुगेको गाउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै