होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हिमाली गाउँपालिकाले बाँड्यो धनगढीमा अलपत्र परेकालाई राहत
देश/प्रदेश

हिमाली गाउँपालिकाले बाँड्यो धनगढीमा अलपत्र परेकालाई राहत

  • नागरिक रैबार
हिमाली गाउँपालिकाले बाँड्यो धनगढीमा अलपत्र परेकालाई राहत

कमिला शार्की/बाजुरा ३१ बैशाख। हिमालि गाउँपालिकाले राहत धनगढीमा राहत बितरण गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस (काेभिड – १९) बाट प्रभावित भएका बाजुरा जिल्ला हिमाली गाउपालिका स्थायी घर भई विभिन्न कामको सिलसिलामा धनगढीमा रहेकाहरुलाई राहत बितरण गरेको हाे ।

हिमाली गाउँपालिकाले लक डाउनका कारण अलपत्र आफ्ना नागरिक, बिद्यार्थी, मजदुर गरिव तथा बिपन्न परिवारहरुलाई राहत बितरण गरेको हो । कैलाली जिल्लाकाे धनगढी, टिकापुर लगायतका विभिन्न स्थानहरुमा छरिएर रहेका लकडाउन प्रभावित हिमालीबासीहरुलाई बासिहरु लाई राहत बितरण गरिएको छ । राहत बितरणकाे क्रममा प्रतिब्यक्ति १० के,जि,चामल, १ के,जि, दाल, १ पाकेट नुन १ लिटर तेलका दरले राहत बितरण गरिएको हाे ।

राहत बितरणका लागि सामाजिक अभियान्ता माेहन जंग मल्ल लगाएतकाे विशेष अगुवाईमा हिमाली गाउँपालिका धनगढीमा रहेका दुई सय जनाले राहत पाएका छन राहत वितरण कार्यक्रम प्रभावकारी रहेकाे मल्लले बताए।

विज्ञापन

राहत बितरण प्रभाकारी बनाउन अति बिपन्न परिवार लकडाउनमा खान बस्न समस्या भएका नागरिकलाई धनगढी कैलालीमा पनि राहत बितरणका गरिएकाे गाउँपालिकाका वडा न १ का वडा अध्यक्ष लालजित थापाले बताए । उनले भने सँघ प्रदेश निति तथा मापदण्ड अनुसार राहत बितरण गरेको हाै‌ । देशकाे परिस्थिति हेरेर दाेस्राे चरणकाे राहत बितरण कार्यक्रम पनि सन्चालन गरिने उहाँले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार