होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • जिल्ला बाहिरबाट आएकालाई बाजुरा क्याम्पसको क्वारेन्टाइनमा राखियो
हिमाली

जिल्ला बाहिरबाट आएकालाई बाजुरा क्याम्पसको क्वारेन्टाइनमा राखियो

  • नागरिक रैबार
जिल्ला बाहिरबाट आएकालाई बाजुरा क्याम्पसको क्वारेन्टाइनमा राखियो

नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका २५ र खप्तड छेडेदह ८ जगनाथ ७ गौमुल २४ र स्वामीकार्तिक गाउँपालिकाका १० जना रहेका छन् ।

सोमबार बाजुरा पुगेका मध्ये ३० जनालाई बाजुरा क्याम्पसको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् । उनले भने बाजुरामा लकडाउनको समयमा जिल्लाबाहिरबाट आएकाहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम पनि भईरहेको छ ।

विज्ञापन

मालिका माविको क्वारेन्टाइनमा ९३ जना राखिएका छन् सवै जनालाई व्यवस्थापन गर्न समस्या भएपछि बाजुरा क्याम्पसमा क्वारेन्टाइन बनाएर उनिहरूको व्यवस्थापन गरिएको बताएको छ ।

बाजुरा क्याम्पसमा बनाईएको क्वारेन्टाइनमा जिल्लाको पुर्वीउत्तरी क्षेत्रका १ नगरपालिका र ३ गाउँपालिकाका स्थानीयहरुलाई राखिने भएको छ ।

बाजुरामा दैनिक जसो जिल्लाबाहिरबाट भित्रिनेको संख्या बढ्दै गएपछि उनिहरूलाई व्यवस्थापन गर्न समस्या भईरहेको छ ।

जिल्लामा दैनिक जसो बाहिरबाट आउनेको संख्या थपिदै गएपछि कोरोनाको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् । बाजुरा जिल्ला बाहिरबाट सोमबार मात्रै १ सय ५३ जना जिल्ला भित्रिएका छन् ।

जसमध्ये त्रिवेणी ५४ गौमुल २४ बडीमालिका २५ खप्तड छेडेदह ८ जगन्नाथ ७ स्वामिकार्तिक १० र बुढीगंगा नगरपालिका २५ जना रहेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमण फैलिन थालेपछि भारत सरकारले भारतमा कामकाज गर्ने नेपालीहरुलाई आफ्नो देशबाट फर्किन बाध्य पारेपछि बाजुरा जिल्लामा पनि धमाधम भित्रिरहेका छन् ।

यस अघि हिजो मात्रै भारतबाट मात्रै २ सय १४ जना बढी नेपाली नागरीकहरु जिल्ला भित्रिएका छन् । आईतबार मात्रै बाजुरा प्रवेश गर्नेहरुमा सवै भन्दा बढी ८५ जना बुढीगंगा नगरपालिकाका रहेका छन् ।

त्यसै गरी त्रिवेणीमा ४५, बडीमालिका ४९, गौमुल गाउँपालिका २६, बुढीनन्दाका १ र खप्तड छेडेदहका ७ जना रहेका छन् ।

अहिले सम्म भारत बाट फर्कीएकाहरुको आरडिटि र पिसिआर अभावका कारण कोरोना परिक्षण गर्न समस्या भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार