होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • हिमालीको गाउँ सभा जारी, भोली आव ०७७÷०७८ काे बजेट प्रस्तुत हुने
हिमाली

हिमालीको गाउँ सभा जारी, भोली आव ०७७÷०७८ काे बजेट प्रस्तुत हुने

  • नागरिक रैबार
हिमालीको गाउँ सभा जारी, भोली आव ०७७÷०७८ काे बजेट प्रस्तुत हुने

राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ ।

गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मंगलबार देखी सुरु भएको छैंटौं गाउसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत भएको र भोली गाउपालिकाकी उपाध्यक्ष चन्द्रकला बुढाले नीति तथा कार्यक्रम कार्यन्वयनका लागी बजेट बिनियोजन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रधामन्त्री रोजगार कार्यक्रम संयोजक बिर्ख पाण्डेले बताउनुभएको छ ।

गाउँ सभाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवा ऐन गाउँ प्रहरी ऐन, पुर्वाधार बिकास ऐन, वातावरण संरक्षण सम्बन्धी ऐन,संस्था दर्ता बिधयक ऐन,औद्योगिक ब्यबासाहिक दर्ता ऐन,सार्वजनिक निजी तथा साझेदारी ऐन र कोरोना स्वास्थ्य सम्बन्धी ऐन आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । उक्त ऐन कार्यन्वयनका लागी प्रत्यक ऐनका संयोजक समेत ताकिएको गाउसभाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार