होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीले गर्यो ३४ करोड ८१ लाख बढिको वजेट प्रस्तुत
समाचार

हिमालीले गर्यो ३४ करोड ८१ लाख बढिको वजेट प्रस्तुत

  • नागरिक रैबार
हिमालीले गर्यो ३४ करोड ८१ लाख बढिको वजेट प्रस्तुत
जीवन कैला बाजुरा १३ असार। बाजुराको हिमाली गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँसभामा अनुमानित ३४ करोड ८१ लाख ९२ हजार ६ सय ५३ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
जसमा चालु तर्फ रु ७ करोड ६० लाख र पुजीगत तर्फ १० करोड ३६ लाख ९२ हजार ६ सय ५३ र शर्शत तर्फ १६ करोड ८५ लाख गरी सो बजेट विनियोजन गरेको हो । बजेट मार्फत गाउपालिकाले आर्थिक विकास, कृषि, सामाजिक विकास र पूर्वाधार विकासलाई जोड दिएको हो ।
गाउँपालिकाले एक ब्यक्ति ५ रुख, सन्तुलित वातावरण समृद्ध हिमाली गाउपालिका भन्ने नारालाई साकार पार्न एक ब्यक्ति ५ रुख कार्यक्रमलाई १ करोड, कृषि उपजको उत्पादन बृद्धिका लाग रु ५८ लाख, पशुपालनका लागि रु ५५ लाख, पशुपंक्षि जन्य उद्योग स्थापना गर्न १० लाख, पर्यटन क्षेत्रका लाग ५३ लाख र सामाजिक विकास तर्फ २ करोड ४२ लाख १२ हजार रकम विनियोजन गरिएको छ ।
त्यस्त स्वास्थ्य तर्फ म स्वस्थ मेरो पालिका स्वस्थ भन्ने नारालाई साकार पार्न र कोरोना भाइरस संग लड्नका लागि १ करोड ४६ लाख २१ हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै कर्मचारी जोखिम भत्ताका लागि ५० लाख, १५ शैयाको हस्पीटल बनाउन १ करोड, खानेपानी आयोजनाका लागि २० लाख, खेलकुद प्रतियोगिताका लागि रु १६ लाख बजेट विनियोजन गरिएको हो ।
नागरीकलाई सेवाको अनुभुति हुने गरी सेवा प्रदानका लागि ३० लाख, हिमाली उज्यालो बनाउने अभियानलाई सकार पार्नका लागि ९० लाख, हिमालीका सम्पुर्ण वडालाई सडक सञ्चालमा जोड्नका लागि १ करोड ५० लाख, घोरेटो वाटोलाई सहज वनाउनका लागि २० लाख, खेतियोग्य जमिनको सिचाईका लागि ५० लाख, काठे एवम ढुङ्गे पुलहरुलाई विस्थापति गरी झोलुङ्गे पुल निमार्णका लागि २८ लाख, पहिरो भुक्षय नियन्त्रण गर्नका लागि ३० लाख, वजेट विनियोजन गरीएको हो ।
गाँउपालिकाको केन्द्र धुलाचौरमा वि सि स्मृति भवन निमार्णका लागि २० लाख, प्रशासनियक भवनलाई निरन्तरता दिनका लागि १ करोड, गाँउपालिकाको क्षेत्रलाई घेरवार गर्नका लागि २४ लाख, आयोजना तथा संरचना निर्माणका लागि ५० लाख, हिमाली गाँउपालिकाका नागरीक माथि आई पर्ने विभिन्न समस्यालाई समाधान गर्नका लागि ३० लाख, सवारी साधान खरीद तथा कर्मचारी र जनप्रतिनिधिलाई तालिमको ब्यवस्थापन गर्नका लागि ३० लाख, हिमालीमा वसोवास गर्न दलित, महिला, जनजाति, अल्पसंख्यक र सिमान्तकृत वर्गलाई जनचेतनामुलक तालिम सञ्चालनका लागि १० लाख, गाँउपालिकाका ६५ वर्ष भन्दा माथि ७० भन्दा तलका जेष्ठ नागरी तथा अपागं वर्गलाई समासजक सुरक्षा भत्तालाई निरन्तरता दिनका लागि १० लाख, समृद्ध, सुरक्षित र सन्तुलित गाँउपालिका निमार्णका लागि ला सल्लाहकार, विषय विज्ञ, मेलमिलाप कर्ता र गाँउ प्रहरी लगायतका जनशक्ति नियुक्ति प्रक्रियाका लागि २५ लाखर हिमाली गाँउपालिकाको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने खालका भैपरी आउने आयोजान तथा क्रियाकलाप सञ्चालनका लागि १ करोड विनियोज गरीएको गाँउपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार