होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीको निती तथा कार्यक्रम माथिको छलफल जारी
समाचार

हिमालीको निती तथा कार्यक्रम माथिको छलफल जारी

  • नागरिक रैबार
हिमालीको निती तथा कार्यक्रम माथिको छलफल जारी

जीवन कैला
बाजुरा,१० असार
बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ ।

“जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो ।

हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले उद्धघाटन गर्नुभएकोे छ ।

विज्ञापन

गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८को नीति कार्यक्रम तथा वजेट केहि बारेमा सार्जजनिक गर्ने भएको छ ।

आज देखि करीव तिन दिन सम्म सञ्चालन हुने गाउँ सभामा अहिले विभिन समिति बाट ६ वटा प्रतिवेदन पेश भएका छन ।

समिति संयोजक गाँउपालिकाका उपाध्यक्ष र सम्पुर्ण वडाका वडाअध्यक्षहरुले नीति निमार्ण देखि आर्थिक विकाश सम्मका प्रतिवेदन पेश गर्नुभएको हो ।

न्यायिक समिति संयोजक उपाध्यक्ष चन्द्रादेवि बुढा, विधेयक समिति संयोजक लालजित थापा, सामाजिक विकाश समिति संयोजक रमेश विक, पुर्वाधार विकाश समिति संयोजक अम्मलाल कार्की, सार्वजनिक सेवा तथा क्षमता विकाश समिति संयोजक सुरेन्द्र बहादुर मल्ल र राजश्व वाडफाँट तथा परामर्श र आर्थिक विकाश समिति संयोजक जयबहादुर अधिकारीले आआफ्नो प्रतिवेदन पेश गर्नुभएको गाउँपालिका स्रोतले जनाएको छ ।

कोभिड १९ का कारण जनप्रतिनिधहरुलाई मास्क र सेनिटाईजर अनिवार्य गरीएको छभने, सामाजिक दुरी कायम गर्दै गाउँ सभा सञ्चालन गरीएको गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रदेवि वुढा, सम्पुर्ण वडाका वडाअध्यक्षहरु, कार्यपालिकाका सदश्यहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही, विषयगत शाखाका शाखा प्रमुख लगायतको सहभागितामा उक्त गाउँ सभा सञ्चालन गरीएको हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार