होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हिमालीमा कोरोना संक्रमण रोक्न २७ जना स्वास्थ्यकर्मी नियुक्त
देश/प्रदेश

हिमालीमा कोरोना संक्रमण रोक्न २७ जना स्वास्थ्यकर्मी नियुक्त

  • नागरिक रैबार
हिमालीमा कोरोना संक्रमण रोक्न २७ जना स्वास्थ्यकर्मी नियुक्त
हिमाली गाउँपालिका बाजुरा फायल तस्‍वीर

नागकि रैबार/बाजुरा ९ चैत्र। जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ ।गाउँपालिकाले नोबेल कोरोना भाईरस गाउँपालिकामा फैलिन नदिन र प्रत्येक गाउँवस्तीका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि २७ जना स्वास्थ्यकर्मीहरु भर्ना गरेको हो ।

जिल्लाकै विकट ठाउँमा रहेको हिमाली गाउँपालिका हुम्ला, मुगु र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो । अन्य जिल्लाहरुसंघ सिमाना जोडिएको गाउँपालिका भएकोले गाउँपालिकामा कोरोना भाइरस फैलिन सक्ने खतरा बढेकाले गाउँपालिकामा प्रयाप्त मात्रामा स्वास्थ्यकर्मीको परिचालन गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताएका छन् ।

गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार हिमाली गाउँपालिकामा जम्मा ७ वडाहरु रहेकोमा हाल जम्मा २ वटा स्वास्थ्य चौकीमात्र रहेका तथा अस्पताल र डाक्टरको पहुँचबाट निकै टाढा रहेका एव जनताहरु स्वास्थ्य सेवाको पहुँचमा आउन नसके परिस्थितिलाई मध्यनजर गर्दै सवै नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन एकै पटक २७ जना स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारी भर्ना लिइएको हो ।

विज्ञापन

हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनसार विश्वव्यापीरुपमा फैलिरहेको कोराना भाईरस र गाउँपालिकाभित्र फैलिरहेको भाइरलजन्य मौसमी रुगाखोकी इन्फ्लुन्जाको महामारी नियन्त्रण गर्नेकामा सहयोग पुगोस भन्ने उद्देश्यले एकै पटक सवै वडामा स्वास्थ्यकर्मी तथा सहयोगीलाई नियुक्ति गरी परिचालन गर्न लागिएको हो ।

नेपाल सरकारको नीति तथा सविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा नागरिकले निशुल्क पाउनु पर्ने मौलिकहकको व्यवस्थालाई कार्यान्वयन गर्न तथा स्वास्थ्य सबै नागरिकलाई उपलब्ध गराउन गाउँपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न गाउँपालिकाले यस्तो महत्वपूर्ण कदम अगाडी बढाएको कुरा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार