होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • दलित अधिकारकर्मीको पहलमा मुक्त हलियालाई खाद्यन्न वितरण गरिदै
जगन्नाथ

दलित अधिकारकर्मीको पहलमा मुक्त हलियालाई खाद्यन्न वितरण गरिदै

  • नागरिक रैबार
दलित अधिकारकर्मीको पहलमा मुक्त हलियालाई खाद्यन्न वितरण गरिदै

नागरिक रैबार/बाजुरा २६ जेठ। दलित अधिकारकर्मी गोरख बहादुर सार्कीको पहलमा जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक र जगनाथ गाउँपालिकाका २ सय १५ जना मुक्त हलिया परिवारलाई खाद्यन्न वितरण गरिने भएको छ ।

दलित अधिकारकर्मी सार्कीको पहलमा प्रमोद नेपालको ५० हजार र टिकाराम बरालको १ लाख ८० हजार सहयोगमा उक्त ठाउँका मुक्त हलिया परिवारका लागि खाद्यन्न वितरण गर्न लागिएको दलित अधिकारकर्मी सार्कीले बताएका छन् ।

कोरोना भाईरस कोभिड १९ का कारण समस्यामा परेका हिमालीका ७०, स्वामीकार्तिकका, ७५ र जगनाथका ७० गरी २ सय १५ परिवारका लागि प्रति केजी ३० केजी चामल र एकएक ओटा सावुन र कोल्केट वितरण गर्न लागिएको दलित अधिकारकर्मी शार्कीले बताएका छन् ।

विज्ञापन

सोमबार सदरमुकाम मार्तडीमा खाद्यन्न खरिद गरेर उक्त क्षेत्रका मुक्त हलिया परिवारका लागि खाद्यन्न वितरण गर्न मार्तडीबाट ट्याक्टरमा खाद्यन्न ढुवानी गरेर पठाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार