होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जव महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयाे, अनि स्वास्थ्यकर्मीले ढुङ्गा हनाइ पायाे
समाचार

जव महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयाे, अनि स्वास्थ्यकर्मीले ढुङ्गा हनाइ पायाे

  • नागरिक रैबार
जव महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयाे, अनि स्वास्थ्यकर्मीले ढुङ्गा हनाइ पायाे

 बाजुरा १ असार। हिमाली गाउँपालिका– ५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् ।

उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी टेष्ट गर्न पुगेका थिए । केही व्यक्तिको आरडीटी टेष्ट गरीसकेपछि एक जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयो । जव महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनमा बसीरहेका उनीहरुले किन आरडीटी रिपोर्ट पोजेटिभ निकालिस् भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुडा प्रहार गरेका हुन् । उनीहरुले प्रहार गरेको ढुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् ।

भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमीक स्वास्थ्य केन्द्रका कोभिट १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंग शाहीले बताए । स्वास्थ्य संयोजक भण्डारीको छातीमा निलडाम परेको छ भने बोल्न सक्ने स्थितिमा नभएको उनले बताए ।

विज्ञापन

उनको थप जाँच भइरहेकाले अवस्था अनुसार रिफर गर्ने–नगर्ने बरे प्राथमिक स्वास्थ्य केन्द्रले पछि निर्णय गर्ने बताइएको छ । कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टाइनमा बसेकाहरुबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार भएकोप्रति खेद प्रकट गर्दै हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानून बमोजिम कारवाही अगाडि बढाउने बताएका छन् ।

हिमाली गाउँपालिका जस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइँने स्थानियले गरेको यस्तो ब्यवहारप्रति आफू दुखित भएको उनको भनाइ छ । उता जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहिका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ । हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परीक्षणमा आज ३ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार