होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हिमालीका समाजसेवी उपाध्यायले गरे सहयोग
देश/प्रदेश

हिमालीका समाजसेवी उपाध्यायले गरे सहयोग

जनप्रेमी बन्दै उपाध्याय

  • नागरिक रैबार
हिमालीका समाजसेवी उपाध्यायले गरे सहयोग

कमिला सार्की/बाजुरा १ बैशाख। हिमाली गाउँपालिका वडा नं. ७ का समाजसेवी दीपचन्द्र उपाध्यायले गाउँका १ सय ७४ परिवारलाई तेल सहयोग गरेका छन् ।

बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण गर्न सरकारले लकडाउनको समययावधी बढाउँदै गएपछि स्थानीयहरु समस्यामा परेका कारण उनीहरुलाई तेल वितरण गरिएको उपाध्यायले बताएका छन् ।

सरकारले जारी गरेको लगडाउनका कारण पसल बन्द भएको बेला उपाध्यायले हिमालि गाउपालिकाका १७४ परिवार लाई खाने तेल एक कार्यक्रमका बिच वितरण गरेका हुन ।

विज्ञापन

उपाध्यायले यस दुखद् घडिमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै लाई आग्रह गरेका छन ।

गाउँमा रहेका स्थानीयहरुलाई विपद्का बेला समाजसेवी उपाध्यायले गरेको सराहनीय कार्यप्रति नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि सदस्य एंव दलित अधिकारकर्मी गोरख सार्कीले धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार