होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ असार।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउने भएका छन् । बाजुराको बुढीगंगा नगरपालिकाबाट नारी टेलिभिजनको नियमित प्रसारणको शुभारम्भ गर्नका लागि सभापति लामिछाने बाजुरा आउन लागेका हुन् । नारी टेलिभिजनको भोलि बाजुराको बुढिगंगा नगरपालिका बाट नियमित प्रशारण शुरु गरिने छ । टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका एचआईभि संक्रमित महिला र वडा […]
नागरिक रैबार/बाजुरा १६ असार। बुढीगगा नगरपालिकाले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई सम्मान गरेको छ। बुढीगंगा नगरपालिकाले आज सिंहलाई स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट धनगढीमा सम्मान गरेको हो। बुढीगंगा नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट सिंहलाई सम्मान गरिएको बुढीगगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । सिंहलाई […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको बुढीगङ्गा नगरपालिकाको आठौं नगरसभाले जम्मा ६१ करोड ७६ लाख को बजेट ल्याएको छ । जस मध्ये ५२ करोड ५१ लाख पुजिगत र ९करोड पैसठ्ठी लाख चालु बजेट अनुमोदन गरेको छ भने नितिगत रुपमा यस नगरपालिकाको आर्थिक एन ,स्थानिय भु-उपयोग नीति लगायत २१ वटा कार्यबिधी निर्माण गर्ने निर्णय भएको छ […]
नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ स्थित फालासैनमा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ । भवनको आज बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले सिलान्यास गरेका छन् । बुढीगगा नगरपालिकाकाे १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन् लागेकाे बताइएको छ । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको […]
नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीमा नगर स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ । बुढीगंगाको सहयोगमा वडा नम्वर ९ मा रहेको जुवापानी गाउँमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको हो । नगर स्वास्थ्य केन्द्रको आइतबार एक औपचारिक कार्यक्रमका विच बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले उद्धघाटन् गरेका हुन् । जुवापानी गाउँका स्थानीयहरु विगत लामो समयदेखि […]
नागरिक रैबार/बाजुरा २० जेठ। भारतको मुम्वईको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी बाजुराकी जानकी देवि विकको उपचारका लागि बुढीगंगा नगरपालिकाले नगद ५० हजार आर्थिक रकम सहयोग गरेको छ । बुढीगगा नगरपालिका-१० का भरत विककी ३५ वर्षिया श्रीमति जानकीको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । क्यान्सर पिडित जानकीको […]
नागरिक रैबार/बाजुरा २० जेठ।आर्थिक अभाव हुँदा बाजुराको बुढीगगा नगरपालिका वडा- १० सिगाडाका भरत बिककि श्रीमती जानकी देवि विकको उपचारमा समस्या भएको छ । ३५ वर्षिया जानकी देबी बिकको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि भारतको मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी छन् । अस्पतालमा उपचारारत रहेकी उनको आर्थिक नहुँदा उपचार हुन् सकेको छैन् । […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ८ को वडा कार्यालयको भवन निर्माणको काम सुस्त गतिमा भएको पाईएको छ । वडा कार्यालयको भवन निर्माणको जिम्मा पाएको समि टपिक ईञ्जिनियरिङ्ग कन्सल्टेन्सीले भवन निर्माणको काममा ढिलाई गरेको पाईएको हो । ठेकेदार कम्पनिले पटक पटक म्याद थपेर २०७९ चैत्र मसान्तभित्र भवन निर्माणको काम सम्पन्न गर्ने भनेको […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारीको बैकल्पिक सडकको निर्माण कार्य पुरा भएको छ । विगत पाँच वर्ष देखि वर्षातका ५ महिना बल्दे-दवारीको १ किलोमिटर सडकमा खसेको पहिरोका कारण बन्द हुँदै आएको उक्त स्थानमा बैकल्पिक सडक निर्माणको काम पुरा भएपछि यस वर्ष वर्षातमा समेत सदरमुकाम मार्तडीसम्म नियमित यातायात सेवा संचालन […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। नयाँ वर्ष २०८० सालको अवसरमा बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ वर्ष नयाँ उत्सव, प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको हो ।बाजुराको पर्यटन पवद्र्धन र समग्र जिल्लाको विकासका लागि धार्मीक तथा पर्यटकीय संभावना बोकेका गन्तव्य र […]
नागरिक रैबार/बाजुरा २१ चैत। बाजुराको बुढीगंगा नगरपालिका २ को वडा कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने निर्णय गरेको छ । पलाष्टीकजन्य सामाग्रीले कृषि उत्पादन देखि वातावरण समेत प्रदुषण गर्ने भएकोले व्यवस्थीत गर्न वडा कार्यालयले आफै संकलन गर्ने लागेको वडा अध्यक्ष पदम भण्डारीले बताएका छन् । खेती योग्य जमिनमा पर्ने असर र वातावरणीय प्रदुषण घटाउन पलाष्टीकको […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बुढिगंगा नगरपालिकाले सेवा क्षेत्र भित्रका नागरिकलाई लक्षित गरेर एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन गरेको छ । बुढीगंगाका नागरिकहरुलाई कटाई सिलाई बाटै जीविकोपार्जन गर्न सहज होस भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताएका छन् । कटाई सिलाई सम्वन्धि घरमै काम गरिरहेका युवाहरुलाई व्यवसायीक बनाउने उदेस्यले […]
नागरिक रैबार/बाजुरा १ चैत्र।जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट २ दिने निःशुल्क विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट फालासेनमा संचालन गरिएको हो । २ दिन सम्म संचालन हुने शिविरमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी तथा नशारोग, मानसिक रोग, आँखा परिक्षण, रेडियोलोजिष्ट […]
नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो । यस वर्ष बाजुरामा नियमित […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाघको हड्डीसहित बाजुराका दुई युवक डडेल्धुरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका संचालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख एवं प्रहरी […]
बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताएकी छन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन् । उनीहरुलाई ज्वरो […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त प्रतियोगिता भानोदय माविको प्राङ्गणमा सूरु गरिएको हो । प्रतियोगिताको उद्घाटन नेकपा एमाले बाजुराका जिल्ला कमिटी सचिव भरत थापाले गरेका हुन् […]
नागरिक रैबार/बाजुरा ६ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिक, अशक्त र असाहयलाई चिसो छल्नका लागि न्यानो कम्वल वितरण गरेको छ । बुढीगंगाले नगरभित्रका जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि १० वटै वडाका १ सय जना जेष्ठ नागरिक, अशक्त र असाहयलाई न्यानो कम्वल वितरण गरेको हो । जिल्लामा केही दिन यता चिसो बढेपछि नगरभित्रका नागरिकहरुलाई […]