होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • स्वग्रीय चेतनदिपको स्मृतिमा प्रतिक्षालय निर्माण
त्रिवेणी

स्वग्रीय चेतनदिपको स्मृतिमा प्रतिक्षालय निर्माण

  • नागरिक रैबार
स्वग्रीय चेतनदिपको स्मृतिमा प्रतिक्षालय निर्माण

नागरिक रैबार/बाजुरा ८ साउन। अनेरास्ववियुका केन्द्रिय सदस्य स्वग्रीय चेतनदिप अयडीको स्मृतिमा बुढीगंगा नगरपालिकाले चेतदनदिप स्मृति प्रतिक्षालय निर्माण गरेको छ ।

गएको मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनका क्रममा नेपाली काँग्रेस समर्थक युवाहरुको कुटाईपछि ज्यान गुमाएका  अयडीको स्मृतिमा बुढीगंगा नगरपालिकाले २ नम्वर वडामा रहेको बल्दे बजारमा चेतनदिप स्मृति प्रतिक्षालय निर्माण गरेको हो ।

त्रिवेणी नगरपालिका ७ मालाकाेट घर भई नेकपा एमाले भित्र युवामाझ लोकप्रिय छवि बनाएका चेतनको सम्झनामा प्रतिक्षालय निर्माण गरिएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

विज्ञापन

बुढीगंगा नगरपालिकाको करिव ७ लाखको लगानीमा बल्दे बजारमा सौचालय र खानेपानीसहित व्यवस्था भएको चेतनदिप स्मृति प्रतिक्षालय निर्माण गरिएको बुढीगंगा नगरपालिकाले बताएको छ ।

बुढीगंगा नगरपालिकाले यात्रुहरुको सहायताका लागि साँफे- मार्तडी राजमार्ग अन्तरगत डावबजार, रिठाबजार, बेतालमाण्डौं, फालासैन र ताँप्रीसेरामा प्रतिक्षालय निर्माण गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार