होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको जुवापानीमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा
समाचार

बुढीगंगाको जुवापानीमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा

  • नागरिक रैबार
बुढीगंगाको जुवापानीमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा

नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीमा नगर स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ । बुढीगंगाको सहयोगमा वडा नम्वर ९ मा रहेको जुवापानी गाउँमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको हो ।

नगर स्वास्थ्य केन्द्रको आइतबार एक औपचारिक कार्यक्रमका विच बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले उद्धघाटन् गरेका हुन् ।

जुवापानी गाउँका स्थानीयहरु विगत लामो समयदेखि सामान्य सिटामोल र स्वास्थ्य सेवा लिन समेत ३ घण्टा लामो समय हिँडेर बाह्रविस स्वास्थ्य चौकी पुग्ने गरेका थिए । गाउँमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि स्थानीयहरुलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज हुने भएको छ ।

विज्ञापन

जुवापानीका स्थानीयको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै बुढीगंगा नगरपालिकाले गाउँमै नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

जुवापानी गाउँदेखि वडा कार्यालयसम्म पुग्न समेत ३ घण्टा पैदलदुरीमा रहेको छ । वडा कार्यालय समेत टाढा हुँदा वडाका सेवाहरु समयमै लिन समेत जुवापानीका स्थानीयलाई समस्या हुने गरेको छ । यो गाउँ नगरकै सवैभन्दा टाढा रहेको छ ।

बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष मिनबहादुर सिंहको अध्यक्षतामा नगर स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन् कार्यक्रमका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ, स्वास्थ्य शाखाका विष्ण जैशी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार