होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं ६ असार । कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल […]
मदन विक/बाजुरा ६ असार। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ का १४ वर्षिया भिजन परियार एक सामान्य परिवारमा जन्मेका विद्यार्थी हुन् । उनलाई राम्रो विद्यालयमा पढाउने भन्दै घरपरिवारले जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिए । उनले बोर्डिङ्गमा नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गरे । उनी कक्षामा पनि राम्रै स्थान ल्याएर उत्तिण […]
नागरिक रैबार/ बाजुरा ६ असार । जिल्ला सदरमुकाम मार्तडीमा मदिरा सेवन गरेर गाडी चलाइरहेको अबस्थामा एक जना ड्राइभर पक्राउ परेका छन् । बिहिबार साझँ मार्तडीबाट सवार रहेको जीपको ड्राइभरले मदिरा सेवन गरी अगाडी गुडीरहेकाे से १ ज १ हजार ६४ नम्मरकाे गाडीलाइ ठक्कर दिएकाे बताएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ । बिहबार साझँ मदिरा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केहीअघि अलर्ट जारी गर्दै करिब ७ दिनपछि मात्रै उच्च वर्षा हुने जनाएको छ । अलर्टमा भनिएको छ, ‘‘नेपालमा कमजोर मनसुन प्रवेश गरेको छ । शुरुवाती चरणमा आगामी करिब ५–७ दिन जति हल्का वा मध्यम तर क्षणिक वर्षा हुने र त्यसपछि पूर्ण विकसित भई उच्च वर्षा […]
नागरिक रैबार/ बाजुरा ४ असार। बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै […]
काठमाडौं ४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। मन्त्रीले योजना माग्दा हप्काएको भन्दै सांसद थापाले संसदमा आक्रोश पोखे। उनले […]
चितवन । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन्। तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन्। झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए। ‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर […]
काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। ‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ। तीन जनालाई स्पष्टीकरण […]
काठमाडौैं । सरकारले ल्याएका विधेयक एकपछि अर्को गरी विवादित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने आफ्नो अनुहार मन नपरेका कारण विधेयकको विरोध हुने गरेको भन्ने लाग्छ। यथार्थ योभन्दा फरक छ। सरकारले विधेयक आउनुअघि सार्वजनिक छलफलमा ल्याउने गरेको छैन। पहिलेपहिले यस्तो विधेयक सरोकारवालाबीच पर्याप्त छलफल गरी तिनका सुझावलाई समेत ध्यानमा राखेर ल्याउने गरिन्थ्यो। ओली सरकार […]
भैरहवा । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि […]
हुम्लाको खार्पुनाथमा मंगलबार बिहान कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीप कर्णाली नदीमा बेपत्ता भएकोे जीपको खोजी कार्य भइरहेको जानकारी दिए। उक्त […]
नागरिक रैबार बाजुरा १३ जेठ। बाजुराबाट संचालन हुने गरी नागरिक रैबार अनलाईन औपचारिक रुपमा उद्धघाटन गरिएको छ । सामाजिक रुपान्तरणमा समर्पित भन्ने उद्देश्यका साथ वि.स. २०७४ साल बैशाख १० गते स्थापना भई साप्ताहिकको रुपमा बाजुरा सदरमुकाम मार्तडीबाट प्रकाशित हुँदै आएको नागरिक रैबार साप्ताहिक पत्रिकाको अनलाईन संस्करण शुक्रबारबाट औपचारिक रुपमा एक भव्य समारोहका विच उद्धघाटन […]
वीरेन्द्रनगर २ असार । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड […]
धनगढी १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड […]
मदन विक / बाजुरा १ असार । बाजुराको बडीमालिका नगरपालिका १ सल्लेनाका १ सय ७ घरधुरीले बत्ती बाल्न नपाएको वर्षौ भएको छ । सल्लेनाबासीले अँझैपनि सल्लाको झरो बालेर रात विताउन बाध्य भएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका १ सल्लेनामा अहिले सम्म विद्युतको व्यवस्था हुन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले जिल्लाको सदरमुकाम […]
काठमाडौँ १ असार । विवादित गुठी विधेयक सच्याउन राष्ट्रिय सभामा सांसदहरूले ६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। तीमध्ये चारवटा व्यक्तिगत छन् भने दुईवटा सामूहिक छन्। नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका रमेशप्रसाद यादवले विवादित दफाहरू हटाउन संशोधन दर्ता गराएका हुन्। विधेयकमा रहेको ‘आफ्नै लगानीमा पूर्वाधार संरचना निर्माण गरी बहालमा दिने तथा सार्वजनिक-निजी साझेदारी […]
काठमाडौं– जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण छैन ।
काठमाण्डौ ३२ जेठ। सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ सडकमा […]
नागरिक रैबार बाजुरा ३२ जेठ । सदरमुकाम मार्तडीमा विद्युत आपूर्ति बन्द भएको १३ घन्टापछि सुचारु भएको छ । शनिबार विहानदैखि विद्युत आपुर्ति बन्द भएपनि साँझ ७ बजेबाट १३ घण्टापछि सदरमुकाममा विद्युत सेवा पुनः सुचारु भएको हो । जिर्ण नहरलाई मर्मत गर्नका लागि त्रिवेणी साना जलविद्युत केन्द्रले शिनिबार विहानै देखि सदरमुकाम मार्तडीको विद्युत सेवा बन्द गरेको […]
नागरिक रैबार/ बाजुरा ३१ जेठ । बाजुराबाट संचालन हुने गरी नागरिक रैबार अनलाईन संस्करणको औपचारिक रुपमा उद्धघाटन गरिएको छ । सामाजिक रुपान्तरणमा समर्पित भन्ने उद्देश्यका साथ वि.स. २०७४ साल बैशाख १० गते स्थापना भई साप्ताहिकको रुपमा बाजुरा सदरमुकाम मार्तडीबाट प्रकाशित हुँदै आएको नागरिक रैबार साप्ताहिक पत्रिकाको अनलाईन संस्करण शुक्रबारबाट औपचारिक रुपमा एक भव्य समारोहका विच […]