होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईईको नतिजा सार्वजनिक
समाचार

एसईईको नतिजा सार्वजनिक

यसरी हेर्नुस् नतिजा

  • नागरिक रैबार
एसईईको नतिजा सार्वजनिक

असार १२- यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार  ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्।

यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन्।  ९७ हजार २९९ ले सी प्लस ल्याए। जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन्। जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६  छात्रा छन्।

विज्ञापन

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याए। जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन्। चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन्।

गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ  चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए। परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सावर्ज्निक भएको हो ।  परीक्षामा  चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजा थाहा पाउन सक्ने छन् । सँगै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  र नेपाल टेलिकमको वेबसाइटमा समेत नतिजा हेर्न सकिने छ । एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार