होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको संसदमा प्रतिपक्षको नारा !
समाचार

सुदूरपश्चिमको संसदमा प्रतिपक्षको नारा !

  • नागरिक रैबार
सुदूरपश्चिमको संसदमा प्रतिपक्षको नारा !

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठकमा प्रतिपक्षीदलहरुले अवरोध सिर्जना गरेका छन् । बिहीबार रोष्ट्रम अगाडि ‘लुटतन्त्र मुर्दावाद’, ‘वितरणमुखी बजेट चाहिदैन’ जस्ता नारा लगाउदै प्रतिपक्ष दलहरुले संसद अवरोध गरेका हुन् ।

प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बजेट संशोधन हुनपर्ने माग राख्दै आएका छन् । प्रतिपक्ष दलले नाराबाजी गरेपछि सभामुख अर्जनबहादुर थापाले पटक–पटक सांसदहरुलाई आ–आफ्नो ठाउँमा बस्न आग्रह गर्दा पनि नमानेपछि सभामुखले असार १५ गते सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

असार १ गते प्रस्तुत भएको बजेट अहिलेसम्म छलफलसमेत सुरु हुन सकेको छैन। यसअघि तीन पटक प्रदेश सभाको बैठक स्थगित भइसकेको छ । असार ५ गतेको बैठकमा प्रतिपक्षी सासंदहरुले अवरोध गरेपछि स्थगित भएको प्रदेश सभा बैठक लगातार दुई पटक सूचना टाँस गरेर स्थगित भएको थियो ।

विज्ञापन

वितरणमुखी बजेट ल्याएर भ्रष्टाचार बढाउन खोजेको भन्दै प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गर्दै आएको कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए। प्रतिपक्ष दलले एक लाखभन्दा कमका योजना हटाउनुपर्ने, गौरवका आयोजनालाई बजेटमा थप्नुपर्ने र अन्य थुप्रै प्राविधिक त्रुटीलाई समेत सच्याउनुपर्ने माग राख्दै आएका हुन् । सरकार र प्रतिपक्षीबीच २ दिन छलफल भएपनि कुनै पनि निष्कर्ष निकाल्न नसकेको हो । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रतिपक्ष दलहरुको असहमतिलाई वार्ताका माध्यमबाट टुङग्याउने जानकारी दिए । अन्नपुर्ण पाेष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार