होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई लाख घुससहित कार्यालय प्रमुख र इञ्जिनियर पक्राउ
समाचार

दुई लाख घुससहित कार्यालय प्रमुख र इञ्जिनियर पक्राउ

  • नागरिक रैबार
दुई लाख घुससहित कार्यालय प्रमुख र इञ्जिनियर पक्राउ

कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

विज्ञापन

भीमदत्त नगरपालिका-१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको सेवाग्राहीले बताएका छन् । श्रीवास्तवले २५ लाख योजनाको १५ प्रतिशतका दरले कमिसन नदिए आफूले बिल पास नगर्ने बताएपछि सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

सेवाग्राहीबाट घुस लिएको २ लाख रुपैयाँ कार्यालय प्रमुख श्रीवास्तवको आवासको भान्छामा चामलको बोराभित्र भेटिएको अख्तियारले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार