होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंबाट बझाङ तर्फ हिँडेको बस दुर्घटाना
समाचार

काठमाडौंबाट बझाङ तर्फ हिँडेको बस दुर्घटाना

  • नागरिक रैबार
काठमाडौंबाट बझाङ तर्फ हिँडेको बस दुर्घटाना
फायल तस्विर

बझाङ-काठमाडौंबाट बझाङ तर्फ हिँडेको सुदूरपश्चिम यातायातको बस पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको रम्भापुरमा दुर्घटना हुँदा ४ जना महिला र बाँकी १२ जना बढी पुरुष घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । गोङ्गबु बसपार्क काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे हिँडेको सुदूरपश्चिम यातायातको ना६ख १३३९ साइपाल डिलक्स बस आइतबार बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये केहीको नाम खुलेको छ । घाइतेको कोहोलपुर मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

घाइेते हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका २ का २३ वर्षीय प्रेम बोहरा, बझाङकै जयपृथ्वी नगरपालिका २ का २९ वर्षीय प्रेमप्रसाद जोशी, बर्दियाका मधुवन नगरपालिका ५ का ५७ वर्षीय कर्ण बहादुर थापा, मधुवनकै ५२ वर्षीय पदम गुरुङ् , २९ वर्षीय गोपाल नेपाली, बर्दिया ठाकुरबाबा नगरपालिका नगरपालिका २ का ३० वर्षीय मेघराज चौधरी, मधुवन नगरपालिका ७ का ६५ वर्षीय करण थामीमगर, मधुवन ५ का ठाउँका विष्णु शार्की, कैलाली टिकापुर नगरपालिका १४ का ३० वर्षीय रुप रावल, टिकापुर ८ का २५ वर्षीय रेवत तिमील्सिना, सोही ठाउँका २१ वर्षीय हेमराज बुढा, कैलालीको भजनीका रेषम चौधरी लगायत रहेका छन् । घाइते सबैको नाम खुलेको छैन ।

बझाङका यात्रु बढी भएकाले बझाङकै यात्रु बढी घाइते भएको हुनसक्ने प्रहरी अनुमान छ । घाइतेमध्ये बर्दिया मधुवन नगरपालिकाका ५२ वर्षीय पदम गुरुङ र २९ वर्षीय गोपाल नेपालीसहित अन्य ३ जनाको अवस्था गम्भीर छ । बस दुर्घटनापछि चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । बसमा चलानी नभेटिएको बिलबुक मात्र भेटिएकाले कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरी भनाई छ । सहचालक कैलालीको अत्तरियामा पगेका उनले मृगलाई साइड दिन खोज्दा दुर्घटना भएको बताएका घाइते प्रेम बोहराले बताए । बझाङका सबै यात्रु सामान्य नै रहेको र सबैजना अत्तरिया आइपुगेको घाइते बोहराले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार