होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अज्ञात समुहद्धारा कस्मेटिक पसल चोरी
समाचार

अज्ञात समुहद्धारा कस्मेटिक पसल चोरी

  • नागरिक रैबार
अज्ञात समुहद्धारा कस्मेटिक पसल चोरी

नागरिक रैबार/ बाजुरा ९ असार ।अज्ञात समुहद्धारा गौमुलमा कस्मेटिक पसल चोरी भएको छ ।
गत साता मंगलबार राति गौमुल गाँउपालिका वडा नं ६ मा पर्ने दाउरेगाँउमा रहेको ‘जेनिस’ कस्मेटीक पसल चोरी भएको हो ।
कोही नभएको मौका छोपेर अज्ञात समूहद्धारा पसल चोरी गरेको पसलका संचालक लक्ष्मी विकले बताईन । उहाँका अनुसार पसलबाट ५ हजार नगद सहित २० हजार भन्दा बढी पसलको सामान चोरी भएको छ ।
कस्मेटिक पसलमा बिक्रिमा राखिएका लेडिजका सामान ,पाउडर ,काँगिया, चुरा पोते झना लगाएत अन्य सामान चोरी भएको बताईएको छ ।
गत मंगलबार साँझ पसल बन्द गरेर घरमा सुत्न गएको बेला कोही नभएको मौका छोपेर अज्ञात समुहले पसल चोरी गरेको हुन सक्ने पसलका संचालक विकले अनुमान गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार