होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईई परिणाम : सामुदायिक विद्यालय खस्किए
समाचार

एसईई परिणाम : सामुदायिक विद्यालय खस्किए

  • Ishwor Kafle
एसईई परिणाम : सामुदायिक विद्यालय खस्किए

भक्तपुर : सरकारी एवं सामुदायिक विद्यालयको पढाइ स्तर अझै उठ्न सकेको छैन। सरकारले सामुदायिक विद्यालयको क्षेत्रमा गरेको लगानीअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम चित्त बुझ्दो देखिँदैन।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको परीक्षाफलअनुसार सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै खस्केको देखिन्छ।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बिहीबार गत वर्ष सञ्चालित एसईईको परीक्षाफल सार्वजनिक गरेका हुन्। एसईई दिने कूल चार लाख ५९ हजार दुई सय ७५ परीक्षार्थीमध्ये तीन लाख २५ हजार तीन सय ३० अर्थात् ७०.८४ प्रतिशत सरकारी एवं सामुदायिक विद्यालयका छन्। जसमा निजी एवं संस्थागत विद्यालयको तर्फबाट २९.१६ प्रतिशत अर्थात् एक लाख ३३ हजार नौ सय ४५ परीक्षार्थीले एसईई दिएका छन्।

विज्ञापन

एसईईको परीक्षाफलअनुसार १७ हजार पाँच सय ८० जनाले ए प्लस ग्रेड अंक ल्याए। उक्त परीक्षार्थीमध्ये सरकारी एवं सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ जना परीक्षार्थीले मात्रै ए प्लस अंक ल्याए।

जुन १५.८८ प्रतिशतमात्रै हो तर संस्थागत एवं निजी विद्यालयका ८४.१२ प्रतिशत एवं १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस अंक ल्याए।

त्यस्तै ए ग्रेड ल्याउने सरकारी एवं सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून रहेका छन्। कूल ५१ हजार एकसय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सरकारी एवं सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छन्।
जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी यो। निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन्।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सरकारी एवं सामुदायिक विद्यालयलाई निजी तथा संस्थागत विद्यालयले उछिनेको छ। कूल ६३ हजार सात सय ४१ परीक्षार्थी बी प्लस ग्रेडमा उत्तीर्ण भएका थिए। जसमा सरकारी एवं सामुदायिक विद्यालयका ४१.३६ प्रतिशत अर्थात २६ हजार तीन सय ६६ परीक्षार्थी बी प्लसमा उत्तीर्ण भए। निजी तथा संस्थागत विद्यालयका ५८.६४ प्रतिशत अर्थात ३७ हजार तीन सय ७५ जना परीक्षार्थीले बी प्लस ग्रेड अंक ल्याए। एसईई २०७५ को परीक्षाफल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकार । तस्बिर : ईश्वरकाजी खाइजू

परीक्षाफलअनुसार बी, सी प्लस, सी, डी प्लस र डी ग्रेडमा उत्तीर्ण हुने परीक्षार्थीमा सरकारी एवं सामुदायिक विद्यालयका बढी छन्। बी, सी प्लस, सी, डी प्लस र डी ग्रेडमा क्रमशः ७६ हजार पाँच सय ६४, ९८ हजार दुई सय सात, ९५ हजार तीनसय सात, ४३ हजार आठ सय ४१ र चार हजार चार सय २९ जना उत्तीर्ण भए। जसमा सरकारी एवं सामुदायिक विद्यालयको तर्फबाट बी ग्रेडमा ५३ हजार सात सय ३०, सी प्लस ग्रेडमा ८७ हजार चार सय ४२, सी ग्रेडमा ९० हजार चार सय ४५, डी प्लसमा ४२ हजार तीन सय ६३ र डी ग्रेडमा चार हजार दुई सय ९६ जना परीक्षार्थी उत्तीर्ण भए। निजी एवं संस्थागत विद्यालयको तर्फबाट बी ग्रेडमा २२ हजार आठ सय ३४, सी प्लस ग्रेडमा १० हजार सात सय ६५, सी ग्रेडमा चार हजार आठ सय ६२, डी प्लसमा एक हजार चार सय ७८ र डी ग्रेडमा एकसय ३३ परीक्षार्थी उत्तीर्ण भएका छन्।

सामुदायिकका ६ हजार ६ सय ७३ र निजीका एक हजार सात सय ९६ गरी कूल आठ हजार चार सय ६९ जना परीक्षार्थीहरुको परीक्षाफल कैफियतमा राखिएको छ।

प्राविधिकतर्फ ६ सय ९८ जनाको ए प्लस
एसईईको परीक्षाफलअनुसार प्राविधिकतर्फ परीक्षा दिएका नौ हजार ६ सय ३३ परीक्षार्थीमध्ये ६ सय ९८ ए प्लस ग्रेडमा उत्तीर्ण भए। जसमा चार सय ७१ छात्र र दुई सय २७ छात्र रहेका छन्।

त्यस्तै दुई हजार एकसय ७७ जना ए ग्रेड, तीन हजार ३५ बी प्लस, दुई हजार चार सय ५४ बी ग्रेड, नौसय आठ जना सी प्लस, ९८ जना सी र एकजना डी प्लसमा उत्तीर्ण भएका छन्। साभार अन्नपुर्ण पोष्ट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार