होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली नदीमा र्याफ्टीङ संचालनको लागि केन्द्रिय टोलीद्धारा सम्भाब्यता अध्ययन
समाचार

कर्णाली नदीमा र्याफ्टीङ संचालनको लागि केन्द्रिय टोलीद्धारा सम्भाब्यता अध्ययन

  • नागरिक रैबार
कर्णाली नदीमा र्याफ्टीङ संचालनको लागि केन्द्रिय टोलीद्धारा सम्भाब्यता अध्ययन

नहकुल जोशी/ बाजुरा ७ असार । बाजुराको हिमाली गाउँपालिकाको कवाडी देखि स्वामीकार्तिक खापर गाउँपालिकाको सुइजिउला सम्म ¥याफ्टीङ सचालनका लागि सम्भाव्यताको अध्ययनसँगै अनुगमन गरिएको छ ।
नेपाल पर्यटन विभाग ¥याफ्टीङ शाखाका जल विज्ञ रचना प्रधान, पर्यटन प्रहरी विभागकी रविना थापा नेपाल एसोसिएसन अफ ¥याफ्टीङ एजेन्सी नाराका प्रतिनिधि ज्ञानेन्द्र गौतम सहितको टोलीेले साे ठाउँमा शनिबार  ¥याफ्टीङ सचालनका लागि सम्भाव्यताको अध्ययनसँगै धुलाचौर देखि पिलुचौर सम्म ¥याफ्टीङ गरेको छ ।

सो टोलीले धुलाचौर देखि माथिको क्षेत्रमा बाह्य पर्यटकका लागि उपयुक्त भएको र धुलाचौर देखि पिलुचौर सम्म आन्तरिक पर्यटकका लागि समेत राम्रो सम्भावना रहेको सो टोलीले जनाएको छ ।

¥याफ्टीङमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, गाउपालिकाका प्रवक्ता तथा वडा नं चारका अध्यक्ष रमेश विक, रारा कैलाश टुर एण्ड कर्णा्लि ट्रेल प्रालिका सञ्चालक जनेश भण्डारी र अनिल शाही, पत्रकार नहकुल जोशी, दुर्यधन शाही र दुई जना गाईडहरु धनिजत महतारा, मदन नाथ योगि सो ¥याफ्टीङमा सहभागि भएका थिए ।

विज्ञापन

¥याफ्टीङ पछि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले अव हिमाली गाउँपालिकाले पनि सहकार्य गरेमा यहाँको पर्यटन विकासमा थप टेवा पुग्नेमा विश्वास ब्यक्त गर्नुभएको छ । केन्द्रवाट आएको टोलीले आजै स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही र अन्य पदाधिकारीहरु संग सुइजिउलामा संक्षिप्त छलफल गरेको छ भने ¥याफ्टीङ सञ्चालन गर्ने कम्पनीको सामानको अवस्थाको समेत अनुगमन गरेको हो ।

कर्णाली नदीमा ¥याफ्टीङ ब्यवसाय गरी आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सके त्यसको लाभ बाजुराले पनि लिन सक्ने भएकाले आफूहरु लागेको पर्यटन ब्यवसायीहरुले बताउने गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार