होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक
समाचार

एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक

  • नागरिक रैबार
एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक

नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएको बताए।

सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।

म‌ंगलबार पनि बाेर्डकाे बैठक बसेको थियाे। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएकाे थियाे।

विज्ञापन

मुलुकभरबाट याे वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
 साभार,कान्तिपुर दैनिक

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार