होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने
समाचार

बाजुरामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने

  • नागरिक रैबार
बाजुरामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने

रमित बिक/ बाजुरा ७ असार । जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने भएको छ । जिल्लामा रहेका बालबालिकाको क्षमता र प्रतिभाको पहिचान गरी नौ वटै स्थानीय तहका प्रत्येक बिद्यालय बिद्यालयमा पुगी १९ बर्ष मुनीका बालबालिकाहरुलाई उतm आईडलमा छनोट गरिने भएको छ ।

लियो क्लव महाकाली कलासिक कञ्चनपूरको आयोजनामा स्पकिङ्ग आईडल २०१९ सञ्चालन हुने भएको छ । बालबालिकाहरुमा हुने अतभूत क्षमता र प्रतिभालाई अरु सामु प्रष्फुटन गरी उनीहरुको प्रतिभालाई थप प्रभावकारी अब्बल बनाउन स्पिकिङ्ग आईडल २०१९ सञ्चालन गरिने लागिएको लियो क्लव महाकाली कलासिक कञ्चनपूरका कोषाध्यक्ष सुरेश सुनारले बताए ।

नौ वटै स्थानीय तहमा बालबालिकाहरु छनोट गरी सदरमुकाम मार्तडीमा जिल्ला स्तरिय स्पिकिङ्ग आईडल सञ्चलन गरी उतm आईडलबाट छनोेटमा परेका बालबालिकाहरुलाई प्रदेश स्तरमा लैजाने उनले बताए। कार्यक्रमका छनोट भएका बालबालिकाहरुलाई खान,बस्नको सबै व्यवस्था क्लवले लिएको बाजुरा संयोजक पारस रावलले बताए। स्थानीय तहका सबै बिद्यालयबाट बिद्यार्थी छनोट गरे पश्चात सदरमुकाम मार्तडीमा श्रावण १५ गते जिल्ला स्तरिय स्पिकिङ्ग आईडल २०१९ सञ्चालन गरिने लियो क्लव महाकाली कलासिक कञ्चनपूरका अध्यक्ष सविन रावलले बताए ।

विज्ञापन

जिल्लामा छनोट भएका बालबालिकाहरु सुदूरपश्चिम प्रदेश स्तरिय स्पकिङ्ग आईडल २०१९ बाट छनोट गरिने भएको छ । सुदूरपश्चिम प्रदेश स्तरिय स्पकिङ्ग आईडल २०१९ मा ९ वटा जिल्लाबाट ५ जना छनोट गरिने भएको छ । प्रदेश स्तरमा उत्कृष्ट भएका बालबालिकाहरुलाई प्रथमलाई ३० हजार,द्धितियलाई १५ हजार,तृतियलाई ५ हजार सम्मको पुरस्कारको व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार