होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बढ्यो प्रहरीको रासन भत्ता, कहाँ कति बढ्यो ?
समाचार

बढ्यो प्रहरीको रासन भत्ता, कहाँ कति बढ्यो ?

  • नागरिक रैबार
बढ्यो प्रहरीको रासन भत्ता, कहाँ कति बढ्यो ?

काठमाडौं, असार ९ — पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ।

सरकारले १ साउनदेखि लागू हुनेगरी बढेको रासनभत्ता दिन लागेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्व ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ।

विज्ञापन

नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक फरक छ।

काठमाडौँ उपत्यककामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन्।

हाल उनीहरुले एक सय ५७ रुपैयाँ पाउँदै आएका छन्।

त्यसैगरी झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा अब एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकोमा दुई सय रुपैयाँ पाउने छन्।

ताप्लेजुङको ओलाङचुङगोलमा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएकोमा अब ६ सय १५ रुपैयाँ पाउने छन्।

पहाडी तथा हिमाली जिल्लामा खाद्यान्न महंगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार