होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव पत्रकार प्रेम विकलाई सांसद लालबहादुर थापाको निर्देशनमा प्रहरीले पक्राउ गरेको घटना घोर आपत्ति भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुरा शाखाले प्रेस विज्ञप्ती मार्फत घोर आपत्ति जनाएको छ । फागुन ४ गते राति पत्रकार विकलाई सदरमुकाम मार्तडीस्थित नागरिक रैबार डटकमको कार्यालयबाटै सांसद थापाको निर्देशनमा […]
काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे अन्तिम सुनुवाइ सुरु भएको छ । आइतबार बिहानबाट जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ भइरहेको छ। सरकारी पक्षका वकिलहरुको बहस सकिएर महरा पक्षका वकिलहरुले बहस गरिरहेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज साँझसम्म फैसला हुनसक्ने संभावना रहेको छ। यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने […]
काठमाडौं, फागुन ४ गते । बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान ४.00 बजे काठमाडौंमा अवतरण गरेको छ । बुहानबाट १७५नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो । बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन भने अन्य चार जनाले […]
नागरिक रैबार बाजुरा ४ फागन । बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले भारतको हस्तक्षेप विरुद्ध जेलभित्रै नारा जुलुस गरेका छन् । आइतबार विहान ७ बजे जेलभित्रका सबै ५१ जना कैदीबन्दीहरु एकभएर नारा जुलुस गरेका हुन् । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद एमसीसी मुर्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, भारतद्वारा […]
नागरिक रैबार बाजुरा ३ फागुन शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडीमालिका नगरपालिका वडा नं ९ बाउलीमा रहेकाे द्वारिका प्रावि प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न भएकाे छ । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी वीच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको सेतो […]
नहकुल जाेशी/ काेल्टी १ फागुन । बाजुराको उत्तरपूर्वी क्षेत्रमा ट्राफिक प्रहरी खटिएको चार दिनमा ११ हजार ५ सय राजस्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहि गर्दा सो मात्रामा राजस्व संकलन भएको बाजुराका ट्राफिक प्रहरी जवान लम्वोधर नायकले बताए । हाल बाजुराको निर्वाचन क्षेत्र नं कमा सञ्चालीत कर्णाली करिडोर, मार्तडी कोल्टी […]
नागरिक रैबार/ बाजुरा २९ माघ। कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा आलु, कोदो र स्याउपछि अव सिमीको बजारीकरण गर्ने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको कृषि उपजलाई वजारीकरणमा महत्वपुर्ण सहयोग गरिरहेको छ । सोही अनुसार यस अघि कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको अग्रानिक स्याउको वजारीकरण, आलु महोत्सव मार्फत अर्गानिक आलुको बजारीकरण लगायत बाजुरामा उत्पादित […]
नागरिक रैबार/बाजुरा २८ माघ। बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय आशा विकले खाद्यान्न संकट भएको बझाङको साईपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै माननीय सदस्य विकले साइपाल गाउँपालिकामा मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।मंगलबार बडीमालिका नगरपालिकाको आयोजना र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा नेपाली प्रथम भएका हुन् । प्रतियोगितामा प्रथम भएका नेपालीले ५ हजार पाँच सय नगद सहित प्रमाण पत्र पाएका […]
काठमाडौं । सरकारले नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश १ मा कार्यरत डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो । आईजीपी सर्वेन्द्र खनालसहित ३ एआईजी र १९ डीआईजीले मंगलबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । ज्ञवाली ०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडा नं. ९ ले आफ्नो तयारी अन्तिम चरणमा पुगाएको छ । बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग वडा नं. ९ छाउगोठ मुक्त वडा घोषणा हुन लागेको हो । वडा भित्रका […]
नागरिक रैबार/बाजुरा २८ माघ। २ महिना अघि दुवईम हत्या भएका हिमाली गाउँपालिका ७ का पुर्णविर नेपालीको शव घरमा लगिएको छ । दुवईमा हत्या भएको दुई महिना पछि नेपालीको सोमबार साँझ बाकसमा शव ल्याएर जिल्ला अस्पताल बाजुरामा रखिएको थियो । नेपालीको गत पौष ३ गते दुवईमा हत्या भएको थियो । घरपरिवारको गुजरा चलाउनका लागि २०७५ साल […]
नागरिक रैबार/बाजुरा २७ माघ । दलित अधिकारकर्मी गाेरख बहादुर सार्की सम्मानित भएका छन् । साेमबार बडीमालिका मिडिया हाउसकाे प्रथम बार्षिक उत्सव अवसरमा दलित अधिकारकर्मी सार्की सम्मानित भएका हुन् । दलित अधिकारकर्मी सार्कीले बाजुरा जिल्लामा सम्पूर्ण दलितका हक अधिकारका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै सार्कीलाई सम्मानित गरिएकाे हाे । त्यस्तै कार्यक्रमा बाजुरा जिल्लामा विभिन्न क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २७ माघ। मार्तडीमा घरकाे छतबाट लडेर घाईते भएका हिमाली गाउँपालिका वडा न ६ का भिम प्रसाद पाण्डेका २ वर्षका छाेरा किस्मत पाण्डेकाे हेलिकप्टर मार्फत उद्घार गरिएकाे छ । साेमबार घरकाे छतवाट लडेर घाइते भएका बालककाे बाजुरा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्घार गरि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयकोे अवलोकन गर्नका लागि छिमेकी जिल्ला डोटीको पुर्वीचौकी गाउँपालिकास्थित सरस्वति मावि साना गाउँका विद्यार्थी मार्तडीमा आएका छन् । आइतबार सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयको शैक्षिक अवस्था अवलोकन र विद्यालय संचालनको बारेमा अवलोकन गर्न छिमेकी जिल्ला डोटीको सरस्वति माद्यमिक विद्यालयका विव्यस अध्यक्ष सहित प्राचार्य […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको एकमात्र बसपार्क संचालनमा ल्याईने भएको छ । २०७३ साल असोज १२ गते बाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाटै नियमित वससेवा सूरु भएपनि उचित वषपार्क नुहँदा वस व्यवसायीहरुले बसहरु सडकको छेउमै राख्दै आएका थिए । सदरमुकाम मार्तडीबाटै बससेवा सूरु भएको करिव ४ वर्ष पुग्न लागेको छ । तर […]
नागरिक रैबार/बाजुरा २६ माघ ।जिल्लाकाे गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयमा सरसरफाई गरिरहेका ७ जना जंगली जनावर बदेलकाेआक्रमणमा परि घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल […]
नागरिक रैबार/बाजुरा २६ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका पुर्व रेडक्रस मन्त्री रमबहादुर शाही सभापतिमा चयन भएका छन् । शाखाको १७ औं जिल्ला सभा तथा अधिवेशनबाट रेडक्रसको सभापतिमा पुर्वमन्त्री शाही चयन भएका ह्न । त्यस्तै शाखाको उप सभापतिमा उमा कटुवाल, दिपक शाह, मन्त्रीमा मेघराज जैशी, कोषाध्यक्ष देवराज न्यौपाने, उपमन्त्री लोकराज रेग्मी, उप कोषाध्यक्ष […]
मदन विक/बाजुरा २५ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा अाजबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव सूरू भएकाे छ । महाेत्सवकाे एक अाैपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्घाटन गरेका छन् । शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ उक्त महाेत्सव अााजबाट […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट काता खेल प्रर्दशन गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित सितोरियो कराते ग्रेडिङ तथा राष्ट्रिय सेवा दल (एनसिसी) को ४६ औं व्याजको मेडल तथा प्रमाण पत्र वितरण कार्यक्रममा उक्त खेल प्रर्दशन गरेका हुन् । सितोरियो खेलप्रति विद्यार्थीहरुको आकर्षण बढाउन विद्यालयले विद्यार्थीहरुलाई नियमित […]