होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • द्वारीका प्राविमा प्रारम्भिक कक्षा सिकाई मेला
समाचार

द्वारीका प्राविमा प्रारम्भिक कक्षा सिकाई मेला

  • नागरिक रैबार
द्वारीका प्राविमा प्रारम्भिक कक्षा सिकाई मेला

नागरिक रैबार
बाजुरा ३ फागुन
शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडीमालिका नगरपालिका वडा नं ९ बाउलीमा रहेकाे द्वारिका प्रावि प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न भएकाे छ ।
आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी वीच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको सेतो गुरास बालबिकास सेवा बाजुराका सिकाई उत्प्रेरक राजेन्द्र वि कले बताए ।

द्वारिका प्राविका अभिभावकहरू, शिक्षक र अन्य सरोकारवालाहरु पढाई मेलामा सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका सामग्री, फोटो प्रर्दशनीका साथै पढाई सम्बन्धि गीत, नृत्य, पढाई गति मापन क्रियाकलाप र गणितिय खेलहरु प्रर्दशन गरेका थिए ।
बडीमालिका नगरपालिकाको समन्वय युनिसेभ विश्व शिक्षा नेपाल र सेतो गुरास बाल बिकास सेवा बाजुराको आर्थिक तथा प्राविधिक द्वारिका प्राविमा सिकाई मेलाको आयोजना गरेको थियो ।
पढाई मेलामा प्रारम्भिक कक्षा पढाई सम्बन्धिका विभिन्न पाठ्य सामाग्रीहरुको स्टल राख्नुको साथै सरोकारवालाहरुलाई अवलोकन गराईएको थियो । शिक्षण सिकाइ, पढाइ सामाग्रीहरु र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने विश्वासका साथ पढाई मेलाको आयोजना गरिएको विव्यसका अध्यक्ष देव शार्कीले बताए ।
बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पु¥याउने लक्ष्यका साथ पढाई मेलाकोआयोजना गरिएको उहाँले बताए ।

विज्ञापन

अभिभावकहरुले शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ सुधार, पढाई सुधार, शैक्षिक वातारण सुधार गर्नमा पढाइ मेलाले अभिप्रेरित गर्ने बिश्वास गरिएको बिद्यालयका प्रधानाध्यापक अमर विकले बताए ।


पढाइ मेलाले पढने वातारण सृजना गने, गराउने, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्ने, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवंम सुधार गर्न मद्दत पुग्ने वडा नं ९ का वडासदस्य लालबहादुर नेपालीले बताए ।

विद्यार्थीहरुको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाइ मेलाले दिएको बाल मन्दिर प्राविका शिक्षक मन बहादुर शार्कीले बताए । मेलाभित्र विद्यालयहरुमा सहयोग पढाइ सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार